पोखरा उप-महानगरपालीकाको लापरवाहीका कारण वडाका योजना प्रभावित – गोष्ठी

गणेश बराल,
पोखरा-

पोखरा उपमहानगरपालीका वडा नं. २५ ले वडा स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । २५ नं. बडाको कार्यालयमा आईतबार सम्पन्न भएको गोष्ठीमा नगरपालीकाको लापरवाही तथा ढिलासुस्तीका कारण वडाका योजनाहरु प्रभावित भएको गुनासो व्यक्त गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

गोष्ठीमा माओबादी केन्द्रका वडा अध्यक्ष नवराज बरालले वडास्तरीय योजना लागु गर्ने सम्बन्धमा नगरपालीकाकै कारण थुप्रै प्राबिधिक समस्याहरु झेल्नु परेको बताए । कार्यक्रममा वडाका प्रमुख तिन दल नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओबादी केन्द्रको प्रितिनिधित्व गर्दै बरालले उक्त धारणा राखेका हुन् । उनले भने, “योजना तर्जुमा भइसकेपछी समयमा सर्भे नगर्ने, सर्भे भएका योजनालाई पनि सम्झौता गर्न आलटाल गर्ने, सम्झौता भइसकेपछि कामवापतको किस्ता लिने बेलामा समस्या सिर्जना खडा गर्ने जस्ता कार्य गरि नगरपालिकाले ढिलासुस्ती र लापरबाही प्रदर्शन गरेको छ ।” नगरपालिकाले समयमै बजेट बिनियोजन नगरिदिदा अपारदर्शिता बढेको तथा आतेजाते खर्चमा बजेट खर्चिने गरेको आरोप समेत बरालले लगाए ।  मुख्य तीन पार्टीहरुको प्रतिनिधित्य गर्दै माओबादी केन्द्र पोखरा २५ (पुम्दी भुम्दी ) का अध्यक्ष नवराज बरालले प्राविधिक समस्या, समयमै नगरपालीकाबाट प्राविधिकहरु नआउने, समय समयमा सर्भे नगर्ने, योजनाहरु कान्वयन गर्ने समयमा सम्झौता गर्न आनाकानी गर्ने, नगरपालीकाका प्रमुखलाई भेट्न महिनौं कुर्नु पर्ने लगायतका समस्याहरु भएकोले भएका योजनाहरु प्रभावकारी ढंगले हुन नसकेको उनले दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा उप-महानगरपालिका नगर संयन्त्र सदस्य वजीरमान श्रेष्ठले वडावाट सिफारिस गरिएका योजनालाइ लागु गराउन भूमिका खेल्ने बताउदै जनताका गुनासा नआउने गरी कार्य गर्ने बचनबद्धता व्यक्त गरे । पोखरा उपमहानगरपालिका कार्यालयका कार्यक्रममा वरिष्ठ इन्जीनियर शारदामोहन काफ्लेले नगरपालिका कार्यालयमा कर्मचारीको अभावका कारण भए गरेका कमिकमजोरी तथा ढिलासुस्तीका गुनासोलाई कर्मचारी परिपूर्ति गरी जनताको काम समयमै सम्पन्न गर्न अगाडी बढ्ने वताए ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा पुम्दिकोट विशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले विशाल महादेव मुर्ति निमार्णवाट वडा, पोखरा अथवा जिल्लाको मात्र नभई समग्र प्रदेश नम्भ्बर ४ र नेपालको आर्थिक बिकासमा टेवा पुर्याउने बताउदै उक्त योजनालाइ राष्ट्रिय योजनामा पार्नुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला बराल, वडा महिला समन्वय समिति अध्यक्ष बुद्धिमाया गुरुङ, लगायतले महिलाहितका योजनाहरुलाइ प्राथमिकता दिन आग्रह गरे । भेलामा उपस्थित समाजसेवी, संघ सस्था प्रतिनिधि एबं वडा बासीले बरालको भनाइमा एकेबद्धता जनाउदै पछि थपिएको वडा भएकाले पनि पूर्वाधार विकासमा वडास्तरीय योजनामा प्राथमिकता दिन आग्रह गरे ।

प्रमुख तिनदलका वडा अध्यक्ष, महिला समन्वय समितिका अध्यक्ष तथा वडा नागरीक मञ्च अध्यक्ष गरी ५ जनाको टोलीले केही दिनभित्रमा योजना छनौट गर्ने वडा सचिव रामबहादुर पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button