साँतौ राष्ट्रिय खेलकुदका लागि छनौट भएका पोखरेली खेलाडीको नाम लिष्ट बाटै गायव

केशव पाठक, पोखरा-
पूर्वाञ्चलमा पुष ७ गते देखि आयोजना हुने साँतौ राष्ट्रिय खेलकुदका लागि नाम छनौट भएर खेल्न तयारी गरि सक्दा समेत अन्तिम समयमा लिष्टमा नै छैन भन्ने सुन्दा खेलाडी कति मर्महात हुन्छ सायद यसको पिडा खेलाडीलाई नै थाहा होला ।

यसरी अन्तिम समयमा लिष्टवाटै नाम हटाइएकी खेलाडी हुन अतिथी शाही । उनी ज्ञानकुञ्जमा कक्षा ९ मा अध्ययन गर्छिन । उनको प्रिय खेल हक्की हो । लामो समय देखि पश्चिमाञ्चल बाट खेल्न उनी अभ्यासरत थिइन । उनको नाम छनौट पनि भयो । पत्रपत्रिकामा नाम समेत आयो । गाउँले हरु छर छिमेकीले घरमै आएर बधाइ दिए । विद्यालयले वधाई पनि प्रकाशित ग¥यो । तर विद्यालयमा विदा मिलान गर्न पठाइएको पत्रमा उनको नाम  टिपेक्सले मेटाइायो । त्यती मात्र भएन अभिभावक हरु यस बारे वुझन खेलकुद पुगे । अभिभावकको चित्त वुझाउन टिममा राख्ने कुरा भयो । तर यति बेला अन्तिम लिष्टमा उनको नाम परेको छैन । उनको विदा विद्यालयले स्विकृत गरेको छैन । विदा स्विकृतका लागि पठाएको पत्रमा अतिथीको नाम  टिपेक्सले मेटाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

छनौटमा परेका १६ जनाले मात्र परिषदले तोकेको सुविधा पाउँछन । न त अव उनले कुनै भत्ता पाउँछिन न त खेलाडीले लगाउने युनीफर्म । हक्कीका प्रशिक्षक राजेन्द्र पाठक यति बेला अभिभावकको चित्त वुझाउन मात्र उनलाई पूर्वाञ्चलमा लैजाने कुरा गर्दैछन । पाठक भन्छन “म मिलाउँछु जे भयो गल्ती भयो ।” उनले १६ जनाको भत्तालाई काटेर अतिथीलाई दिने सोच बनाएको परिषदका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले बताए । परिषदको लिष्टमा आधिकारीक रुपमा खेलाडी दर्ता नगरी दवावको भरमा लैजान्छु भन्नु मान्छे लाई उल्लु वनाउनु बाहेक के होला ? अतिथीको नाम काटिनुमा अरु केही नभएर खेलकुदमा भाइ भतिजाबादको उपज रहेको धेरैको कथन छ । २१ औ शताव्दीमा पनि खेलकुदमा पंचेशैली हावी हुनु दुखद रहेको उनको अभिभावको ठम्याइ छ । “हामी त सोझा मान्छे अव फेरी खेलकुदमा जानै पर्ने भयो कुरा गर्न” उनका वुवा राम शाहीले भने ।

प्रमुख प्रशिक्षकको भनाईलाइ आत्मसाथ गर्ने हो भने पनि यो खेलकुदमा अराजकता नै हो । छनौटमा परेको खेलाडीको नाम टिपेक्सले मेटाउने अनि टिममा छनौटमा नै नपरेको र दर्ता नै नभएको खेलाडीले राष्ट्रिय खेल जस्तो गौरवमयी खेल खेल्दा के होला? धेरै प्रश्न उव्जिएका छन । सवैभन्दा ठूलो कुरा खेलाडी परिषदको नियम अनुसार छनौट र दर्ता भएको मात्र हुनु पर्छ । नभएमा उ केवल दर्शक मात्र हो । के पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले अतिथीलाई झारा टार्न दर्शक बनाएर पूर्व लैजाने तयारी गरेको त होइन यसमा गम्भिर प्रश्न उव्जिएको छ ।

नोटः तस्विरमा हेनुहोस विद्यालयले प्रकाशित गरेको बधाई, टिपेक्सले मेटाइएको नाम,  अन्तिम खेलाडीको नाम तथा स्थानीय पत्रिकामा खेलाडी छनोट पश्चात छापिएको समाचार  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button