बगर भाइखलक एट ए साईड भेट्रान फुटवल प्रतियोगितामा पोखरामा सुरु

  • पोखरा न्यूज
  • २०७३ पौष ६
बगर भाइखलक एट ए साईड भेट्रान फुटवल प्रतियोगितामा पोखरामा सुरु

उद्घाटन खेलमा आदिवासि काठमाण्डौं विजयी

पोखरा –
छैठौ एस ओ एस ग्रुप बगर भाइ खलक एट ए साइड भेट्रान फुटवल प्रतियोगिता २०७३ बुधबार देखि पोखरामा सुरु भएको छ ।

पोखराको ऐतिहासिक खेल मैदान पुरानो टुडिखेलमा आज (बुधबार) भएको उद्घाटन खेलमा काठमाण्डौंको आदिवासिको समुह विजयी भएको छ । आदिवासीको समुहले पोखरा लेकसाईडको भेट्रान समुहलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । लाल बहादुर लिम्वुले आदिवासीको जितमा दुई गोलको योगदान दिएका हुन । कृष्ण बहादुर गुरुङको निर्णायक एक गोलको मद्धतले दोश्रो खेलमा दिप युनाईटेड क्लवले नेपाल बिद्युत प्राधिकरण पोखरा शाखाको समुहलाइ १–० को झिनो गोल अन्तरले पराजित गर्यो ।

पुष ९ गते सम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन प्राध्यापक डा. विरेन्द्रसिंह गुरुङले गरे । कार्यक्रममा बोल्दै उनले यस्तो प्राकारको खेलले उमेर धेरै भएका व्यक्तिहरुलाइ पनि खेल प्रति आकषर्ण गर्ने गरेको जनाए । उक्त अवसरमा पुर्व राष्ट्रिय खेलाडी दक्ष बहादुर गुरुङलाई सम्मान गरीएको छ । बगर भाइ खलकका अध्यक्ष दीलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल ओलम्पीक कमिटिका सदस्य तेज गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ, पोखरा उपमहानगरपालीका कार्यालयका कानुनी अधिकृत नारायण शर्मा, बगर भाई खलकका सचिव मनकाजी गुरुङ लगायले बोलेका थिए।

उक्त प्रतियोगितामा काठमाण्डौं, बिरगन्ज, हेटौडा, चितवन, वुटवल लगायतका २१ टिमको सहभागिता हुने भएको बगर भाइ खलकका अध्यक्ष दीलबहादुर गुरुङले बताए । प्रतियोगितामा विजेता टिमलाई ७५ हजार र उपविजेतालाई ५० हजार साथमा ट्रफी मेडल प्रमाणपत्र प्रदान गरीने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ८ लाख खर्च लाग्ने आर्थिक संयोजक इश्वर गुरुङले बताए । “स्वास्थ्यको लागि एक घण्टा व्यायाम, जेष्ठ खेलाडीहरुको लागि नौलो आयाम” भन्ने मुल नाराका साथ ४० बर्ष देखि ६५ बर्ष भित्रका उमेर समुहका व्यक्तिहरु प्रतियोगितामा सहभागि हुने सदस्य खगेन्द्र गौचनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस