रुपन्देहीका खेलाडीलाई पोखराबाट विदाई

पोखरा –
पश्चिमाञ्चल क्षेत्र अन्र्तगत रुपन्देहिका खेलाडीहरुलाई बुधबार पोखराबाट विदाई गरीएको छ । पूर्वाअञ्चलमा यही पुष ८ गते देखि संचालन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने पश्चिमाञ्चल क्षेत्र अन्र्तगत रुपन्देहीका ७१ जना खेलाडीहरुलाई विदाई गरीएको हो ।

रुपन्देही खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख जिवनराम बस्नेत र बक्सीङ प्रशिक्षक गोपाल राईले खेलाडीहरुलाई सफलताको कामना सहित अविर खादा लगायर विदाई गरेका हुन । कास्की पछि रुपन्देहीका बढी खेलाडीहरु राष्ट्रिय खेलमा सहभागि भएका हुन । रुपन्देहीमा ४१ जना महिला खेलाडीहरु रहेको बस्नेतले जनाए । उनका अनुसार रुपन्देहीमा २० जना भन्दा बढी राष्ट्रिय खेलाडीहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button