पोखरा-
पोखरामा गएराति ट्रकको ठक्करबाट एक युबकको मृत्यु भएको छ । पोखरा औधोगिक क्षेत्रमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक पोखरा १३ का २७ बर्षीय अमृत केसीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । केसीको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।
ग ८ प ३२११ नम्वरको मोटरसाईकललाई ग १ ख ४५४४ नम्बरको ट्रकले बिहिवार राति १०:२० मा ठक्कर दिदा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राति १०:४० मा मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का घाइते उज्वल गुरुङको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक रोल्पाका ३५ बर्षीय शन्त बिकलाई कास्की प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फाइल फोटो





