ट्रकको ठक्करले पोखरामा एक युबकको मृत्यु

  • पोखरा न्यूज
  • २०७३ पौष ८
Post Thumbnail

पोखरा-

पोखरामा गएराति ट्रकको ठक्करबाट एक युबकको मृत्यु भएको छ । पोखरा औधोगिक क्षेत्रमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक पोखरा १३ का  २७  बर्षीय अमृत केसीको  मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । केसीको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

ग ८ प ३२११ नम्वरको मोटरसाईकललाई ग १  ख ४५४४  नम्बरको ट्रकले बिहिवार राति १०:२० मा ठक्कर दिदा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राति १०:४० मा मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का घाइते उज्वल गुरुङको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।  ट्रक चालक रोल्पाका ३५ बर्षीय शन्त बिकलाई कास्की प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फाइल फोटो 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस