
उद्योगपति सूर्यबहादुर केसीले उद्घाटन गर्ने
पोखरा-
विभिन्न संघसंस्थाबीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले पोखरा न्यूज डटकमको आयोजनामा पोखरामा शनिबार मैत्रीपूर्ण संस्थागत फुटसल प्रतियोगिता हुँदैछ ।
पोखरा ११, फूलबारीस्थित टप कर्नर फुटसलमा २ दिनसम्म चल्ने प्रतियोगितामा महिलाको दुई टिमसहित करिब १४ टिमको सहभागिता हुने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । पत्रकार महिला सहभागी हुने दुई टिम भने शो–म्याचको रुपमा हुनेछ ।
प्रतियोगितामा पोखरा क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्था, हस्पिटल, पर्यटन, संचार, यातायात व्यवसायी, शैक्षिक संस्थालगायत टीम संस्थागतरुपमा सहभागी हुने छन् ।
प्रतियोगिता उद्घाटन उद्योगपति तथा समाजसेवी सूर्यबहादुर केसीले गर्ने कार्यक्रम छ । उक्त अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याएका एक जना व्यक्तिलाई समेत सम्मान गरिने छ ।
पर्यटनको राजधानी पोखरालाई खेलकुदको पनि राजधानी बनाउने अभियानलाई संचारको माध्यमबाट सहयोग पु¥याउने उद्देश्यले “पर्यटन, खेलकुद र संचार पोखरा प्रवद्र्धनको मूल आधार” भन्ने नारासहित पहिलो पटक प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता संयोजक बरालले भने “पोखरा क्षेत्रका संस्थाहरुबीच आपसी सद्भाव कायम राख्दै अघि बढ्न सकेमा यहाँको पर्यटन र खेलकुदको विकास गर्दै समग्र पोखराको आर्थिक विकासमा टेवा पु¥याउन सक्ने हामीले विश्वास लिएका छौंैं ।”
पोखरामा पछिल्लो क्रममा टोलटोलमा फुटसल भित्रिएसँंगै फुटसल व्यवसाय प्रवद्र्धनमा पनि यस्ता प्रतियोगिताले धेरै सहयोग पुग्ने उनले बताए ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ र कास्कीको माछापुच्छ«े गाविसमा निमार्णाधीन झ्यामोलोङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करुवा हाइड्रोपावर रहेको छ ।
उप–प्रायोजकः हङकङ व्युटी इन्स्टिच्युट प्रालि, क्लारा इन्टरनेश्नल, स्पाः एण्ड व्युटी कलेज र सहयोगीमा पोखरा टे«डिङ कन्सर्न, नेपाल पर्यटन बोर्ड, ओजन डिस्को क्लब, मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालि, नेपाल हवाइ खेलकुद संस्था (ना), पोखरा उपमहानगरपालिका कार्यालय, टप कर्नर फुटसल, रिजनल हस्पिटल (मेडिकल सहयोग), होटल जलमहल, इको पानीलगायत छन् ।
विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रोलाई पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने पोखरान्यूज डटकमका सम्पादक ढाकामोहन (गणेश) बरालले बताए ।





