पश्चिमाञ्चल महिला ह्याण्डबल टिम पूर्वाञ्चल प्रस्थान

पोखरा-

पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा सहभागी हुन पश्चिमाञ्चलको महिला ह्याण्डबल टिम शनिवार पोखरा वाट त्यस तर्फ प्रस्थान गरेको छ । उनीहरुलाई नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले एक कार्यक्रमका विच विदाई गरे । खेलाडी हरुलाई जिल्ला ह्याण्डबल संघ कास्कीका अध्यक्ष क्या. जग बहादुर गुरुङ्ग, विद्यालय ह्याण्डबल संघका कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारी र अन्य पदाधिकारी तथा अभिभावकहरुले जितको शुभकामनाका साथ विदाई गरेका थिए ।

राष्ट्रिय खेलाडी सुष्मिता गुरुङ्गको कप्तानीमा पूर्वाञ्चल प्रस्थान गरेका अन्य खेलाडीमा टिका माया पुन (उपकप्तान) एलिशा लामछिाने, शिला रेग्मी, आकुती गुरुङ्ग, अनिषा गुरुङ्ग, ममता गुरुङ्ग, सम्झना छन्त्याल, सन्झना गुरुङ्ग, ममता लामा, हिना गुरुङ्ग, दिप्ती गुरुङ्ग, इनिशा पाण्डे, श्रेया गौचन रहेका छन भने टिमको प्रशिक्षकमा कुष्ण वहादुर शाक्य र टिम व्यवस्थापकमा नारायण शाही ठकुरी रहेका छन ।

सो अवसरमा टिम क्यापटेन सुष्मिताले परिषदले महिला खेलाडीलाई पुरुष खेलाडी सरह सुविधा नदिएको भए पनि आफुहरु राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल जित्ने उच्च मनोवलका साथ जान लागेको बताइन । ह्याण्डबलका प्रतियोगिताहरु पुष ११ देखि १४ गते सम्म इटहरीको टंकेसुनवरीमा हुनेछ नेपाल ह्याण्डबल संघका सचिव एवम नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशव पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button