साफ महिला फुटबलका लागि पत्रकार बराल भारत जाने

  • पोखरा न्यूज
  • २०७३ पौष ९
साफ महिला फुटबलका लागि पत्रकार बराल भारत जाने

पोखरा-

खेलकुद पत्रकार मञ्च कास्कीका सदस्य माधव बराल आइतबार भारत जाने भएका छन् । भारतको सिलगुढीमा सोमबारदेखि हुने चौंथो दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको रिपोर्टिङको लागि भारत जान लागेका हुन् । बराल आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछन् ।

रेडियो अन्नपूर्ण र समाधान दैनिकमा कार्यरत बराललाई खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले शनिबार एक कार्यक्रम गरी बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा अध्यक्ष पाठकले सिलगुढीमा पोखराको प्रतिनिधित्व गरेर जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न बराललाई आग्रह गरे ।

जनवरी ४ तारिखसम्म सञ्चालन हुने प्रतियोगताको उद्घाटन खेल सोमबार दिउँसो नेपाल र भुटानबीच हुँदैछ । पत्रकार बरालसँगै काठमाडौबाट २ जना र झापाबाट १ जना पत्रकार सिलगुढी जाने खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष पाठकले जानकारी दिए । उनको यात्रामा पृथ्वीराजमार्ग बस संचालक समितीले सहयोग गर्ने बस संचालक समितीका महासचिव योगेन्द्र केसीले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस