दशौ हिसान कास्की स्र्पोट्स मिट अन्र्तगत बास्केटबल र भलिवलका खेल जारी

पोखरा-

उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान कास्की स्र्पोट्स मिट–२०७३ अन्र्तगत भलिवल र बास्केटबलका खेलहरु जारी रहेका छन । शनिबार सम्पन्न छात्रा बास्केटबल तर्फ लिटिल स्टेप, प्रतिभा, पश्चिमाञ्चल र माउन्ट अन्नपुर्ण क्याम्पस विजयी भएका छन ।

यसै गरि छात्र बास्केटबलमा माउन्ट अन्नपुर्ण क्याम्पस, करुणनिधी, डायमण्ड, पोखरा उमावी, प्रतिभा, सवलाइम, मेरी गोल्ड, लिटिल स्टेप, मल्टि मोडल, माउन्ट अन्नपुर्ण उमावी, पश्चिमाञ्चल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट विजयी भएर दोश्रो चरणमा प्रवेश गरेको हिसान कास्कीका अध्यक्ष बावुराम पन्तले जानकारी दिए ।

छात्र तर्फको जारी भलिवल खेलमा पोखरा उमावी, स्पाइरल, माउन्ट अन्नपुर्ण क्याम्पस, हिल पोइन्ट, मदरल्याण्ड, पोखरा मल्टिमोडल, माउन्ट अन्नपुर्ण उमावी, प्रतिभा, र मेरी गोल्ड विजेता रहे । त्यसै गरि छात्रा तर्फको भलिवल खेलमा स्पाइरल ग्यालेक्सी, डायमण्ड, न्यु ग्यालेक्सी र माउन्ट अन्नपुर्ण उमावी विजयी रहेको भलिवल प्रतियोगिताका संयोजक दिवाकर जैशीले वताए । संयोजक जैशीका अनुसार आइतवार जारी सम्पुर्ण खेलका क्वाटर र सेमीफाइनलका खेलहरु संचालन हुनेछन ।

हिसान कास्कीले आफ्ना सदस्य विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको विचमा आपसी मित्रताको अभिवुद्धी गराउने तथा उनीहरुलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्ने उद्धेश्यले खेलकुद प्रतियोगिता संचालन गर्दै आइरहेको छ । प्रतियोगिता पोखरा रंगशालामा पुष ११ गते सम्म संचालन हुनेछ । हिसान कास्कीमा आवद्ध ४७ उच्च मावीमा ६ हजार विद्यार्थी आवद्ध छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button