पोखरामा सुरु मैत्रीपूर्ण संस्थागत फुटसलको सेमिफाईनल र फाइनलका खेल आइतबार हुने

  • पोखरा न्यूज
  • २०७३ पौष ९
Post Thumbnail

पोखरा-

‘पर्यटन, खेलकुद र संचार पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने मूलनाराका साथ पोखरा न्यूज डटकमको आयोजनामा पोखरामा शनिबार देखि मैत्रीपूर्ण संस्थागत फुटसल प्रतियोगिता सुरु भएको छ ।

शनिबार भएका पहिलो तथा दोश्रो चरणको खेलमा जित हासिल गर्दै समूह ए मा रहेका पृथ्वीराजमार्ग बस संचालक समिति र बुद्ध विशाल बजार सेमिफाईनलमा प्रबेस गरेका छन भने समुह बी बाट पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको चिकित्सक सहितको टोली सेमिफाईनलमा प्रबेस गरेको हो । आईतबार विहान ९ बजे हुने नेपाल पर्यटन बोर्ड र मोवाईल वितरक संघ संगको विजेताले चिकित्सक सहितको टोलीसंग सेमिफाईनलमा प्रतिष्प्रार्धा गर्ने भएको छ ।

पृथ्बी राजमार्गले उद्घाटन खेलमा प्याव्सन कास्कीलाई ४–३ को गोल अन्तरले पराजित गरी अर्को खेलमा नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । मञ्चको टोलीले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको बी समुहलाइ सडेन डेथमा पराजित गरेको थियो । बुद्ध विशाल बजारले पहिलो खेलमा सुन चाँदी व्यावसायी समितिलाई ३–१ गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा नाट्टा पोखरालाई टाइब्रेकरमा २–० ले पराजित गर्यो । नाट्टाले भने ओम डेभलपमेन्ट बैंकलाई ५–१ ले पराजित गरेको थियो । पश्चिमाञ्चल अस्पताको टिम एले जगदम्वा ट्राभल्सलाई ६–३ ले र अर्काे खेलमा एबीसी टेलिभिजनको टिमलाई ४–१ ले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । एबीसीले पहिलो चरणको खेलमा रेडियो अन्न्पुर्णलाई ५–३ ले पराजित गरेको थियो । मोवाईल वितरक संघले भने युआरएलको समुहलाई १६–२ ले पराजित गर्यो । आईतबार एक क्वाटर दुई सेमफिाईनल तथा फाईनल खेल सहित प्रतियोगिता समापन हुने भएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । यसै बिच आइतबार महिला पत्रकारको संस्था डव्लुडव्लु जे र सञ्चारिका समूह पश्चिमाञ्चल बीच मैत्रीपूर्ण खेल हुनेछ ।

विभिन्न संघसंस्थाबीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले आयोजित प्रतियोगिता पोखरा ११, फूलबारीस्थित टप कर्नर फुटसलमा आईतबारसम्म चल्ने छ । प्रतियोगितामा १५ टीमले भाग लिएकाछन्  । प्रतियोगिता उद्घाटन गर्दै उद्योगपति तथा समाजसेवी सूर्यबहादुर केसीले हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गरिनुपर्ने बताए । संचारजगतले  यसखालको प्रतियोगिता गरेकोमा आफूलाई पनि उत्साहित बनाएको बताए । नयाँ कुराको सुरुवात गर्दा सुरुमा अप्ठ्यारो आएता पनि दीर्घकालमा त्यसले देश र समाजलाई केहि न केहि फाइदा पुर्याउने केसीले बताए । के मा देश जनताको भलाई छ र विद्यमान समस्याको पूर्ति गर्न सकिन्छ भन्ने कुराको चिन्तन मनन् गर्ने क्रममा  आफुले  अहिले हाइड्रोपावरमा ठुलो लगानी गरिरहेको केसीले जानकारी दिए  । उनले  बिधुत उत्पादन बढाउन सकेको खण्डमा देशको अरबौ रकम बिदेशिनवाट जोगिने भन्दै पोखराको आसपासको ३  सय किलोमिटर क्षेत्रमा ट्रली बस संचालन गर्न सकिने धारणा राखे । उनले भने, “बिजुली उत्पादन पर्याप्त भएमा  उद्योग कलकारखानाको उत्पादन बढ्छ,  ग्यास र तेलको आयात घटाउन सके देशको पैसा बिदेशिन वाट रोकिन्छ जसका कारण देश विकास हुन बेर लाग्दैन ।”   राष्ट्रियता जोगाउन कठिन भएको भन्दै उनले पहाड र तराईबीच विभेदको खाडल हुन नहुनेमा जोड दिए ।

उक्त अवसरमा मोडर्न इरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । दुई दशक बढीदेखि यातायात क्षेत्रमा आवद्ध रही अत्याधुनिक बस सेवा संचालन गरी आन्तरिक एवं बाह्य पर्यटक पोखरामा भित्राउन सहयोग पु¥याएकोमा कदरस्वरुपलाई उनलाई प्रमुख अतिथि केसीले दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका थिए । २०६४ देखि पोखरा–दिल्ली सिधा बस सेवा संचालन गरेका अधिकारीले पछिल्लो समय आफ्नै प्रयासमा नेपाल–भारत मैत्री बस सेवा संचालन गर्नुका साथै पोखरा–काठमाडौमा विभिन्न सुविधासहितका बस संचालन गर्दैआएका छन् ।

सम्मानित अधिकारीले राज्यको चौथो अंग पत्रकारितामा आवद्ध युवाले योगदानको कदरस्वरुप सम्मान गरेकोमा खुसी व्यक्त गरे । संस्थाले आगामी दिनमा पर्यटन, खेलकुद र संचार तीनै क्षेत्रका व्यक्तिलाई क्रमशः सम्मान गर्दै जाने संचालक गणेश बरालले जानकारी दिए । सम्मानित व्यक्तित्वको बारेमा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले परिचय दिएका थिए । उद्घाटन अवसरमा नेपाल ओलम्पिक कमिटीका सदस्य एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले पोखराको वातारण खेलकुदमय बनिरहेको अवस्थामा सुरु गरिएको यस्तो खेलले सबैलाई जोडन र आपसी सदभाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। राष्ट्रिय पर्यटन प्रबर्धन समितिका सदस्य एबं पर्यटन व्यवसायी गोविन्द राज पहारीले खेललाइ पर्यटन र संचारसंग जोडेर यस्तो कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्दै निरन्तरताको लागि शुभकामना दिए । आयोजकले बिदेशी पर्यटकलाइ पनि खेलमा सहभागी गराउने मनसाय राखेको आफुले थाहा पाएपछि पोखरामा भएका सबै पर्यटक संग आफुले सम्पर्क गरेको तर उनीहरुको समय अभावको कारणले गर्दा उपस्थित गराउन नसकेको पहारीले जानकारी दिए । रासस पोखराका बरिष्ठ पत्रकार हरि बास्तोला, टप कर्नर फुटसलका संचालक सुरज श्रेष्ठ लगायतले कार्यक्रममा  शुभकामना मन्तव्य राखेका थिए ।

गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रतियोगिता संयोजक दीननाथ बरालले गरेका थिए । प्रमुख अतिथि केसी र ह्याण्डबल संघ अध्यक्ष गुरुङले खेल प्रशिक्षक लोकबहादुर मगर र चुडा चौधरीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका हुन् ।समूह एमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल समूह बी, नेपाल खेलकुद पत्रकार मञ्च कास्की, सुनचाँदी व्यवसायी समिति, बुद्ध विशाल बजार, नाट्टा पोखरा र ओम डेभलपमेन्ट बैंक छन् भने समूह बीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको समुह ए, जगदम्वा ट्राभल्स, एबीसी टेलिभिजन, रेडियो अन्नपूर्ण, मोवाइल वितरक संघ, युआरएल र नेपाल पर्यटन वोर्ड छन् । विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रोलाई पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ र कास्कीको माछापुच्छ्रे गाविसमा निमार्णाधीन झ्यामोलोङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करुवा हाइड्रोपावर रहेको छ ।  उप–प्रायोजकमा हङकङ व्युटी इन्स्टिच्युट प्रालि, क्लारा इन्टरनेश्नल, स्पाः एण्ड व्युटी कलेज र सहयोगीमा पोखरा ट्रेडिंङ्ग कन्सर्न, नेपाल पर्यटन बोर्ड, ओजन डिस्को क्लब, मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालि, नेपाल हवाइ खेलकुद संस्था (ना), पोखरा उपमहानगरपालिका कार्यालय, टप कर्नर फुटसल, रिजनल हस्पिटल (मेडिकल सहयोग), होटल जलमहल, इको पानीलगायत छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस