भेट्रान एट ए साइड फुटबलको फाइनलमा काठमाडौका टिम भिड्ने

पोखरा-

छैठौ संस्करणको एस ओ एस गु्रप बगर भाइखलक एट ए साइड भेट्रान फुटवल प्रतियोगिताको फाइनलमा सिएमजी क्लव काठमाडौ र नाइट किङ्ग क्लव सानो गौचरन काठमाडौ पुगेका छन । बगर भाइ खलकको आयोजनामा आगामी पुस ६ देखि ९ गते सम्म पोखरा बगर स्थित पुरानो टुडिखेल मैदानमा आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा काठमाडौ बाट सहभागी टिमहरु फाइनलमा प्रवेश गरेका हुन ।

फाइनलको यात्रा तय गर्न सिएमजीले फोर्टी फाउन्डेशनलाई टाइव्रेकर सम्म कुर्नु पर्यो । निर्धारित समयमा दुवैको १–१ गोल भए पछि टाइव्रेकरमा सिएमजी ३–२ गोल अन्तरले विजयी भयो । त्यसै गरि अर्को सेमिफाइनलमा नाइट किङ्ग क्लव सानो गौचरन काठमाडौले हेटौडा भेट्रान मकावनपुर लाई २–० गोल अन्तरले पाखा लगायो ।

त्यसै गरि शनिवार सम्पन्न क्वाटर फाइनलका खेलमा फोर्टी फाउन्डेशनले क्लव मेशिसलाई २–० ले, हेटौडा भेट्रान मकावनपुरले लायन्स क्लव अफ मोनाल पोखरालाई २–१ ले, सियमजी काठमाडौले विरगंज युनाइटेडलाई १–० ले र नाइट किङ्ग क्लव सानो गौचरन काठमाडौ ले आयोजक बगर भाइखलक ए लाइ १–० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा प्रवेश गरेका हुन ।

प्रतियोगितामा प्रथम हुने टीमलाई ७५ हजार, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्धितिय हुने टीमलाई ५० हजार नगद, ट्र«फी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । सर्वाधिक गोलकर्तालाई ट्रफी सहित नगद ५ हजार, फाइनल म्याचको म्यान अफ दी म्याचलाई ट्रफी सहित नगद ५ हजार, सर्वोत्कृष्ठ खेलाडी, अनुशासित टीम, प्रतियोगितामा सहभागी सवैभन्दा जेष्ठ खेलाडीलाई सम्मान स्वरुप एक हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । फाइनल आइतवार दिउसो १ वजे हुने अध्यक्ष दिल वहादुर गुरुङ्गले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button