हाल ४० प्रतिशत मात्र होटलमा अकुपेन्सी होटल संघ
पोखरा-
“सडकमै खाऔं, सडकमै नाँचौं र सडकमै रमाऔं” भन्ने मुल नाराका साथ पोखरामा बुधबार देखि सुरु हुने १८ औं संस्करणको पोखरा सडक महोत्सवको करीब ९० प्रतिशत पुरा भएको छ ।
पर्यटकहरुको वसाई लम्वाउने उद्धेश्यले आयोजना हुने महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको आयोजक रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
लेकसाईड क्षेत्रमा पाँच दिनसम्म चल्ने महोत्सवले आन्तरीक तथा बाह्यि पर्यटकहरुको वसाई लम्वाउने भएकोले यस बर्ष पनि अंग्रेजी नयाँ बर्षकै अवसरमा हुने उक्त महोत्सवमा करीब ४ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको महोत्सवका संयोजक गोपि बहादुर भट्टराईले बताए । यस बर्ष कोमागाने पार्कमा उक्त महोत्सवको उद्घाटन सहितको विभिध सास्कृतिक कार्यक्रम हुने भएपछि करीब दश दिन देखि तयारीमा आफुहरु महोत्सव स्थलमै रहेको उनले बताए । यस अघिका बर्ष वसुन्धरा पार्कमा हुने गरेको कार्यक्रम पलिहो पटक कोमागानेपार्कमा हुन लागेकोले आफुहरुलाई व्याबस्थापन गर्न जोखिम बढे पनि स्थानीय सुरक्षा निकायसंग सहित अन्य संघ संस्थाहरुको समन्वयमा राम्रो व्यबस्था मिलाएको उनले बताए । महोत्सवको अवसरमा आगन्तुक पाहुनाहरुलाई पर्यटनका विभिन्न गतिविधिमा विषेश छुट सहित प्याकेज दिने भट्टराईले बताए ।
यस बर्ष पनि रेवान पोखरामा आवद्ध भएका ९९ वटा रेष्टुरेण्ट व्यवसायीहरुले विभिन्न देशको खानाका परिकारहरु सडक छेउमा पाहुनाहरुको लागि तयार पार्ने भएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । पोखरा लेकसाईड क्षेत्रको सुरक्षालाई लियर हाल १४ वटा सीसी क्यामराहरु र ९९ वटा सोलार लाइट मर्मत कार्य सम्पन्न भएको छ । भारत, जापान, रसिया लगायता देशको सांस्कृतिक कार्यक्रम प्रदर्शनी हुने तयारी भएको सांस्कृतिक संयोजक समेत रहेका अध्यक्ष गुरुङले बताए । नेपाली मौलिक खाना, कला, संस्कृति लगायतका कार्यक्रमहरु महोत्सवमा उपलब्ध हुने भएको भट्टराईले बताए । राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, लोकदोहोरी गित प्रस्तुती, हास्यकलाकारको प्रहशन, नृत्यु प्रस्तुती, रेष्टुरेण्टमा कार्यरत कर्मचारीहरु बिचको दौड तथा वेटर रेस, सहासिक र मनोरन्जनात्मक गतिविधि हुने भएको गुरुङ्गले बताए । उक्त महोत्सव पोखराको बैदामको साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन गरिने आयोजक रेवान पोखराले जनाएको छ । उक्त महोत्सवबाट ९० लाख आम्दानी गर्ने लक्ष्य राखिएको महोत्सवबाट करीब १५ लाख बचत गरी उक्त रकम सामाजिक कार्यमा खर्चीने भएको आर्थिक संयोजक योगेश भट्टराईले बताए ।
उक्त पार्क व्यवस्थापन तथा मर्मतको लागि करीब ५ लाख रुपैया सहयोग गर्ने भएको रेवान पोखराले जनाएको छ । रातिको समयमा पनि अवेरसम्म माईक्रो वस सेवा संचालन हुने भएकोले पोखरा क्षेत्रका स्थानीयलाई माईक्रोवस प्रयोग गर्न महासचिव विश्वराज पौडेलले बताए । पोखरा वस व्यवसायी समितिले यात्रुको चाप माग अनुसार पोखराका धेरै क्षेत्रमा राति ११ बजेसम्म र अग्रेंजी नयाँ बर्षको दिनमा भने राति एक बजेसम्म सेवा दिने भएको पौडेलले जनाए ।
सडक महोत्सवको अवसरमा पोखरा क्षेत्रका पर्यटकीय स्तरका होटलमा २० प्रतिशत छुट दिने पश्चिमाञ्चल होटल संघले घोषणा गरेको छ । संघका अध्यक्ष भरतराज पराजुलीले सडक महोत्सवको अवसरमा आन्तरीक पर्यटकहरुलाई २० प्रतिशतसम्म होटलको आवासमा छुट दिने भएको जनाए । हाल होटलको अकुपेन्सी ४० प्रतिशत रहेको बताएका पराजुलीले अग्र्रेंजी नयाँ बर्षको अवसरमा दुई दिन जसो करीब ९० प्रतिशत अकुपेन्सी हुने विश्वास लिएका छन । उनले भने “यदी हाम्रो संघमा आवद्ध होटलहरुले संघले तोकेको छुट नदिएको र यदी अन्य दिनमा भन्दा बढी शुल्क लिएको खण्डमा प्रमाण सहित आए हामी त्यस्ता व्यवसायीलाई कारवाही गछौं ।” गत बर्ष अगेंजी नयाँ बर्षमा पोखराका पर्यटकीय स्तरका अधिकाशं होटलहरु अग्रिम बुकिङ भएका थिए भने केहि होटलले तीन गुणा बढी होटलको शुल्क लिएको आन्तरीक पर्यटकहरुले गुनासो गरेका थिए ।