पुस १६ गते पोखरा प्रदर्शनी केन्द्रमा सामुहिक च्ह्य ल्होछार

प्रधानमन्त्री प्रचण्डले कुलमान घिसिङसहित १२ जनालाई सम्मान गर्ने

पोखरा-

तमु जातिको नयाँवर्र्ष, राष्ट्रिय चाड तमु ल्होछार÷ल्होसारको अवसरमा कस्केली तमुहरुले पुष १६ गते सामुहिक रुपमा मनाउने भएका छन् । साँस्कृतिक पर्व, नयाँबर्ष तमु, राष्ट्रिय चाड ल्होसार÷ल्होछार पौष १५ गते सम्म आआÇनै टोल, समाज, संघ संस्थामा मनाए पनि पौष १६ गते कास्कीका तमुहरु लगायत आम कस्केलीको सहभागीतामा यस वर्ष तमु र्धि नेपालको संयोजकत्वमा पोखराको प्रर्दशनी केन्द्रमा सामुहिक रुपमा मनाउने निर्णय गरी तयारी अन्तिम चरणमा पुगेको बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कास्कीमा सामाजिक, धार्मिक, राजनैतिक रुपले क्रियाशील तमुहरुको संघ संस्थाले सामुहिक रुपले मनाउने च्ह्य ल्होछार÷ल्होसार, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुने ल्होछार÷ल्होसार मुल समारोहमा सहभागी हुनका लागि पोखरा मानवअधिकार चोक चिप्लेढु·ाबाट विहान ११ बजे मौलिक भेषभुषा, नाचगान, बाजागजा, झाँकीका साथ ल्होसार÷ल्होछार शुभकामना र्याली सुरु हुने पत्रकार सम्मेलनमा आयोजक समिति सचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो । उक्त शुभकामना र्यालीमा सहभागी झाँकीमा उत्कृष्ठ हुने समुहलाई ३०, दोश्रोलाई २०, तेश्रोलाई १० र चौथोलाई ५ हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने भएको छ ।

पोखरा प्रदर्शनी केन्द्रमा हुने सामुहिक ल्होसार÷ल्होछार कार्यक्रममा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । सम्मानित हुनुहुनेहरुमा लोडसेडिङ मुक्त गर्ने कुलमान घिसिङ, इञ्जिनियरहरुको अन्र्तराष्ट्रिय ग्लोबल फेष्टमा प्रथम हुने ई.सन्दीप तमु, माननीय न्यायधीस सत्यराज तमु, फोनिजका केन्द्रीय अध्यक्ष डण्ड तमु, समुदायका अगुवाहरु तमु प्ये ल्हु संघ केन्दीय समितिका निवर्तमान अध्यक्ष क्या.रुपबहादुर तमु, बौद्ध अर्घौ सदनका पुर्व अध्यक्ष क्या.मनबहादुर तमु, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्की अध्यक्ष दलबहादुर तमु, तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, समाजसेवी माया तमु, समाजशास्त्री पोलबहादुर तमु, संचारकर्मी इन्दीरा तमु, ह्वाईटलोटस स्टुडियो तमु मै ताँका निर्देशक युग तमु रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसरी नै प्रदर्शनी केन्द्रमा तमुहरुको पराम्परागत खेल राष्ट्रिय छेलो प्रतियोगिता हुने भएको छ ।

गतदेखि तमु धिं नेपालमा भईरहेको छेलोलाई यसवर्षदेखि प्रर्दशनी केन्द्रमा हुने राष्ट्रिय छेलो प्रतियोगिता २०७३ कोविजेताले २५ हजार रुपैया र दोश्रो १० रुपैया सहित फेटा, प्रमाणपत्रसहित पुरस्कृत हुने भएको छ । छेलोको प्रथम पुरस्कारको प्रायोजन गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष बेदबहादुर तमु(श्याम)ले आफ्ना स्वर्गीय बुबा टेकसाई तमुको स्मृतिमा गद्र्रै हुनुहुन्छ भने दोश्रो पुरस्कार तमु धि नेपालले प्रदान गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तमुहरुको एकतावद्धता प्रदर्शन मात्रै नभएर राज्यसँग आफ्ना मागहरुलाई पनि प्रस्तुत गर्दै अधुरो अपुरो संविधानमा विभेद महसुस गरिरहेकाहरुको भावना समेट्न, तमुहरुले माग गर्दै आईरहेको तमुवान प्रदेश घोषणा सुनिश्चितता गर्न, मुलुकको अनिश्चितता, अस्थिरताको अन्त्य गरिनुपर्ने माग गर्दै मनाईने ल्होछार÷ल्होसारमा नेपाली मौलिक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछन् भने तमु नायक, नायिका, गायक गायकहरु विशेष प्रस्तुति रहनेछन् ।

यसरी नै कार्यक्रम स्थल पोखरा प्रदर्शनी केन्द्रमा मौलिक खाना, खाजा, भेषभुषा, स्वास्थ्य लगायतको १० वटा स्टलहरु रहनेछन् । ११ लाख खर्च अनुमान गरिएको कार्यक्रममा ३० हजारको सहभागीता रहने आयोजकको दावी छ ।

सामुहिक ल्होछार÷ल्होसार मुल आयोजक समिति २०७३ मा तमु धिं नेपाल, तमु ह्युल छोजधिं गुरुङ राष्ट्रिय परिषद् कास्की, तमु प्ये ल्हु संघ केन्द्रीय समिति, बौद्ध अर्घौ सदन, ङ्योए तमु धिं लेखनाथ, तमु प्ये ल्हु संघ जिल्ला समिति कास्की, गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान), तमु साँस्कृतिक प्रतिष्ठान नेपाल, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपाल, गुरुङ पर्यटन व्यवसायी संघ पश्चिमाञ्चल पोखरा, तमु संचारकर्मी संघ, तमु मुक्ति मोर्चा, तमु संघ नेपाल, नेपाल लोकतान्त्रिक तमु संघ, संघीय तमु संघ, तमु राष्ट्रिय परिषद नेपाल, तमु मुक्ति मोर्चा (क्रान्तिकारी) लगायत रहेको मुल समारोह समितिका संयोजक तथा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो ।

संयोजक कर्म तमुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्य, तमु ह्युल छोंज धिं कास्कीका अध्यक्ष दलबहादुर तमुले स्वागत र सचिव तथा तमु धिं नेपालका सचिव गिरीप्रसाद तमुले सञ्चालन गर्नुभएको थियो ।विसं.२०६८ सालदेखि तमु समुदायमा क्रियाशिल रहेका सामाजिक, धार्मिक, सास्कृतिक, राजनीतिक संघ संस्थाहरुको सामुहिक पहलमा मुल समारोह समिति गठन गरी सामुहिक ल्होसार÷ल्होछारलाई भब्यताका साथ मनाउदै आइरहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button