साहित्यका धरोहर कमलमणि दीक्षितको निधन

पुस –

नेपाली भाषा–साहित्यका धरोहर कमलमणि दीक्षितको ८६ बर्षको उमेरमा निधन भएको छ ।

पाटनढोकास्थित निजी निवासमा आज बिहान पौने ३ बजे उहाँको निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित दीक्षितलाई ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारमा राखिएको थियो । दीक्षितलाई भाषासाहित्य क्षेत्रको ‘एउटा शिरपोष’ मानिने गरिन्थ्यो । नेपाली भाषासाहित्यमा उच्च सम्मान र कदरका साथ हेरिने मदन पुरस्कार गुठीको संस्थापनाकाल (२०१२) देखि सम्बद्धता राख्ने दीक्षित त्यसलगत्तै स्थापना भएको मदन पुरस्कार पुस्तकालयको पनि संस्थापक हुनुहुन्छ । यो पुस्तकालयमा अहिले नेपाली भाषा साहित्यका झण्डै ३८ हजार पुस्तक संग्रहित छन् । उहाँका मौलिक र सम्पादित गरेर एक सयभन्दा बढी कृति छन् । उहाँका दुइ छोराहरु कुन्दा र कनकमणि स्थापित पत्रकार हुन् भने छोरी रुपा जोशी पनि लेखनमा चर्चित हुनुहुन्छ ।

दीक्षितको सम्पादनमा २०१६ सालदेखि प्रकाशनमा आएको ‘नेपाली’ त्रैमासिक पत्रिका अझै पनि निरन्तर प्रकाशन भईरहेको छ । दीक्षितको विद्युतीय शवदाह गृहमा आजै बिहान अन्तिम संस्कार गरिएको खबर इकान्तिपुरमा छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button