लायन्स क्लब पोखरा अन्नपुर्णद्धारा हालसम्म झण्डै ५ करोडको लागतमा १५ विद्यालय निर्माण

  • पोखरा न्यूज
  • २०७३ पौष १४
लायन्स क्लब पोखरा अन्नपुर्णद्धारा हालसम्म झण्डै ५ करोडको लागतमा १५ विद्यालय निर्माण

पोखरा-

पोखरामा रहेको लायन्स क्लब अफ पोखरा अन्नपुर्णले आफ्नो स्थापनाको ३० बर्षको अबधीमा हाल सम्म १५ वटा विद्यालय निर्माण गरेको छ ।
क्लबले भुकम्पले क्षति पु¥याएको ३ वटा विद्यालय पुन निर्माण सहित १५ विद्यालय निर्माण गरेको हो । क्लबले कास्कीमा १४ वटा र एक लम्जुङमा गरि हाल १५ वटा बिद्यालय निर्माण गरेको बताइएको छ ।  १५ वटा विद्यालय निर्माणमा झण्डै ५ करोड खर्च भएको क्लबले जनाएको छ ।

आफ्नो स्थापनाको अबसर पारेर क्लबले कास्कीको सार्दीखोला खैमराङमा रहेको श्री कृष्ण माधब आधारभुत विद्यालयको ९ कोठे भवन पुननिर्माण गरेर मंगलबार हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि फष्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन धनराज आचार्य ,विद्यालय निर्माणका संयोजक लायन सोनाम साङपोले विद्यालयका प्रअ कृष्ण प्रसाद बास्तोला र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तेज बहादुर तामाङ लाई संयुक्तरुपमा चापी हस्तान्तरण गरेर पुन निर्माण भएको भवन हस्तान्तरण भएको घोषणा गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि आचार्यले लायन्स क्लब अफ पोखरा अन्नपुर्णले सामाजिक क्षेत्र र शिक्षाको क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै अरु क्लबले पनि अन्नपुर्ण बाट पाठ सिक्नु पर्ने बताउनु भयो । अन्नपुणृ क्लबे लेखिने काम गरेको भन्दै डिष्ट्रिक्टकै उदारणीय कार्य गर्दे अगाडि बढेको बताउनु भयो । लायन्सको बारेमा बोल्दै आचार्यले ९९ बर्ष अगाडि अमेरीका बाट शुरु भएको लायन्स क्लब अहिले सवै भन्दा ठुलो सामाजिक सस्था भएको भन्दै लायन्स क्लब सामाजिक सेवामा अग्रणी भएको बताउनु भयो । आचार्यले अहिले पोखरामा मात्रै लायन्स क्लबको सख्या एक सय पुगेको बताउनु भयो ।

लायन्स क्लब अन्नपुर्णका सस्थापक सचिव एवं पुर्व अध्यक्ष लायन सोनाम साङपोले भुकम्पले क्षति पु¥याएको बिद्यालयमा सहयोग गर्न पाउदा खुशी लागेको बताउदै भवन निर्माण गर्न झण्डै २९ लाख खर्च लागेको बताउनु भयो । उहाँले फोरडेज सेल्फ रिलायन्सको आर्थिक सहयोगमा भवन निर्माण गर्न सकेको बताउनु भयो ।उहाँले अहिले अग्रेजी माध्यमको पढाई प्रति विद्यार्थी र अभिभावको ध्यान गएकोले अग्रेजी माध्यम बाट पढाई शुरु गर्नपनि विद्यालय लाई आग्रह गर्नुभयो ।

क्लबका अध्यक्ष लायन रविन्सन प्रजुले क्लबले शिक्षा स्वास्थ्थय लगायत सामाजिक क्षेत्रमा काम गरेको बताउदै पोखरा उधोग बाणिज्यसंघका कार्यबाहाक अध्यक्ष समेत रहनु भएका प्रजुले कृषि क्षेत्रको लागिपनि सार्दीखोला क्षेत्रमा उद्योग बाणिज्यसंघले सहयोग गर्ने बताउनु भयो । स्कुल निर्माण कमिटि चेयर पर्सन उत्तममान बुद्धचायले निर्माण शुरु गरेको ५ महिनामा ९ कोठे भवन , खानेपानी , टुवालेट निर्माण गर्न सम्भव भएको भन्दै भवनको सही सदुपयोग गर्न विद्यालय लाई आग्रह गर्नु भयो ।

यसै विच लायन्स क्लब अन्नपुर्णले भुकम्प पीडित सिन्धुलीका बिद्यार्थीहरुको उच्च शिक्षाको लागि यस बर्ष पनि १ लाख ३५ हजारको सहयोग गरेको छ । लायन सोनाम साङपोले युके का जोरा फेलमीङको सहयोगमा उच्च शिक्षाको लागि आर्थिक सहयोग गरेको बताउनु भयो । कार्यक्रममा लायन दुर्गा जोजिजु, जोन चेयर पर्सन लायन यदुनाथ अधिकारी लगायतले आआफ्नो भनाई राख्नुभएको थियो । यसै विच क्लबले पुन निर्माण गरीएको बिद्यालय लाई हिजोनै ल्यापटप पनि हस्तान्तरण गरेको छ । क्लबले आफ्नो स्थापना दिवसको अबसरमा आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका सदस्यहरु लाई निर्बतमान अध्यक्ष लायन कृष्ण प्रसाद श्रेष्ठले मायाको चिनोले सम्मान गर्नुभएको थियो ।क्बलबले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत बनभोज कार्यक्रममा पनि सम्पन्न गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस