सिक्लेसमा माघे मेला हुने,स्थानिय नृत्य प्रतियोगिता समेत हुने

पोखरा-

अन्नपुर्ण हिम ऋखंलाको काखमा रहेको सिक्लेस माघ १ देखि ४ गते सम्म माघे मेला हुने भएको छ । सो बारे जानकारी दिन आयोजित कार्यक्रममा आयोजक समितीका संयोजक मिलन गुरुङ्गले स्थानिय युवा क्लवको २२ औ वार्षिकोत्सवको अवसरमा सिक्लेसमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न उक्त कार्यक्रम आयोजना गरिएको वताए । मेलालाई माघ १ गते नेपाली काँग्रेसका सभापती एवम पूर्वप्रधानमन्त्री शेर वहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको संयोजक गुरुङ्गले जानकारी दिए ।

सिक्लेस पुग्न पोखरा देखि सडक मार्ग हुँदै ४२ किलोमिटर कच्चि सडक पार गर्नु पर्ने उक्त गुरुङ्ग वस्तिमा सदियौं देखि माघे सक्रान्ती मेला आयोजना हुँदै आएको सिक्लेस पार्चे तमु समाजका अध्यक्ष कप्तान उमन ध्वज गुरुङ्गले वताए । गुरुङ्ग जातीहरुको वाक्लो वस्ति रहेको सिक्लेस मेला अवलोकन गर्न करिव २० हजार दर्शक पुग्ने अनुमान गरिएको सिक्लेस युवा क्लवका सल्लाहाकार देवी जङ्ग गुरुङ्गले वताए ।

मेलामा विशेष गरी गुरुङ्ग जातीहरुको विशेष पुजा, परम्परागत छेलो प्रतियोगिता, महिला÷पुरुष भलिवल र पुरुष वास्केटवल प्रतियोगिता समेत आयोजना गरिएको छ । मेलामा स्थानिय नृत्यलाई वढावा दिन सामुहिक नृत्य प्रतियोगिता, रिसिधुँडाँडा, तातो पानी र क्हफुचे ताल हाइकिङ्ग र साँस्कृतिक कार्यक्रमका साथमा विविध मनोरन्जनात्मक कार्यक्रम गरिने सल्लाहाकार गुरुङ्गले जानकारी दिए । पुरुष भलिवलमा विजेता पहिलो र दोश्रो हुने टिमलाई क्रमशः४० र ३० हजार तथा वास्केटवल प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई क्रमशः४० र ३० हजार, महिला भलिवलमा पहिलो र दोश्रो हुने टिमलाई क्रमश १५ र १० हजार साथमा मेडल, ट्रफी समेत प्रदान गरिने छ भने नृत्य तर्फ पहिलो र दोश्रो हुने टिमलाई क्रमशः४० र ३० हजार र तेश्रो हुनेलाई २० हजार दिइने छ ।

उक्त मेला सफल पार्न देश विदेशमा रहेका हरुले नगद सहयोग प्रदान गरेको वताईएको छ । मेला सम्पन्न करिव ८ लाख खर्च लाग्ने संयोजक मिलन गुरुङ्गले जानकारी दिए । करिव ५ सय घर धुरी रहेको सिक्लेस गाँउ सवै घरहरुलाई होम स्टेको रुपमा विकास गरिएको छ भने व्यवसायिक रुपमा करिव ६ वटा होटल संचालनमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button