ट्राभलर्स च्वाईसको उपाधि पछी पोखराको अतिथि रिसोर्टमा आउने पाहुनाको सङख्यामा बृद्धि

पोखरा-

विश्व प्रख्यात एक वेवसाईड ट्रिप एड्भाइृजरले पोखराको अतिथि रिसोट एण्ड स्पाः लाई ट्राभलर्स च्वाईसको अवार्ड प्रदान गरेसंगै अनलाईन मार्फत रिसोर्टमा आउने पाहुनाहरुको सङख्यामा बृद्धि भएको छ ।

पर्यटकीय नगरी पोखरामा विगत ४ बर्ष अघि मात्र स्थापना भएको उक्त रिसोर्टले सन २०१४ मै पहिलो अवार्ड प्राप्त गरेसंगै अनलाइन मार्फत आउने पर्यटकहरुको सङख्यामा करीब तीन सय गुणाले बृद्धि भएको काठमाण्डौं सेल्स म्यानेजर सुरज खनालले बताए । उनले भने “ अनलाईन सेवा पोखरा क्षेत्रमा प्रभावकारी हुदै आएको सन २०११ बाट हो भने काठमाण्डौंमा सन २००९ बाट हो, जसरी हाम्रो रिसोर्ट अन्तराष्ट्रिय अनलाईनमा उक्त अवर्डा प्राप्त गर्न सफल भयो त्यो पनि हाम्रो लागि मार्केटीङको राम्रो माध्यम भएको छ । ”

करीब २० करोडको लागतमा विगत ४ बर्ष अघि मात्र स्थापना भएको अतिथि रिसोट एण्ड स्पाः विश्व प्रख्यात एक वेवसाईड ट्रिप एड्भाइृजरबाट तीन पटकसम्म अवार्ड प्राप्त गर्न सफल भएको छ । विश्वका होटल सहितका अन्य पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी गराउने उक्त साईडले अतिथि रिसोर्टलाई ट्राभलर्स च्वाईसको अवार्ड प्रदान गरेको हो । रिसोर्टले सन २०१४ मा नेपालका १० उत्कृष्ट होटलहरु मध्य छैटौं, सन २०१५ मा ८ औं र सन २०१७ मा चौथो स्थानमा आउन सफल भएको रिसोर्टले मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो ।

उक्त रिसोटका संचालक भरतराज पौडेलले आफुहरुले संचालन गरेको बर्ष देखि अन्तराष्ट्रिय उक्त वेससाईडले अययन अवलोकन तथा पर्यटकहरुको रायको आधारमा आफुहरुलाई पहिलै बर्षको आधारमा सन २०१४ मा पहिलो पटक उक्त अवार्ड प्रदान गर्ने खवर ईमेल मार्फत पठाउदा आफुहरु निकै हर्सित भएको बताए । गत बर्ष भूकम्प र भारतीय नाकावन्दीको प्रभावले गर्दा वा आफुहरुको रिसोर्टले भन्दा अन्य रिसोर्टले पनि उत्कृष्ट सेवा दिएको कारणले गर्दा पनि भूकम्पको बर्ष सन २०१६ मा उक्त अवार्ड प्राप्त गर्न नसकेको उनले आशंका गरे ।

आफ्नो रिसोर्टमा पाँच तारे होटलमा दिने स्तरको सेवा सुविधा दिएको दाबी गरेको पौडेलले आगन्तुक पाहुनाहरुलाई पारिवारिक वातावरण दिने गरेको र साना भन्दा साना कुराहरुमा समेत आफुहरुले ध्यान दिएको कारणले गर्दा आफुहरु उक्त अवार्ड जित्न सफल भएको बताए । रिसोर्टमा हाल एक सुईट रुम, लक्जरी दुई र ४७ डिलक्स रुमहरु रहेको रिसोर्टले जनाएको छ । उक्त साईडले पोखराको पोखरा ग्राण्डलाई पनि पाँचौं उत्कृष्टको सुचिमा राखेको छ । द्धारिकाज होटल काठमाण्डौं उत्कृष्ट एकमा, होटल टिबेट काठमाण्डौं दोश्रो र होटल साम्बला काठमाण्डौं तेश्रो स्थानमा छनौट गरेको हो । पार्क भिलेज काठमाण्डौं छैटौं, हायात रिजेन्सी काठमाण्डौं सातौं, क्लव हिमालयन रिसोर्ट नगरकोट आठौं, काठमाण्डौंकै शोटल शंकर नवौैं र सोल्टी क्राउन प्लाजा काठमाण्डौं १० औं स्थानमा पर्न सफल भएको उक्त वेव साईडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button