२०७३ माघ २० गते बिहीबार – आजको राशिफल

आज वि.सं. २०७३ माघ २० गते बिहीबार तदनुसार ई. सं. २०१७ फेब्रुवरी ०२ तारिख

माघ शुक्ल षष्ठी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, साध्य योग, कौलव र तैतिल करण
आजको चाडपर्व र उत्सव : स्कन्द षष्ठी,
आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास(जग राख्ने), गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी,
भोलिको चाडपर्व र उत्सव : अचला सप्तमी, रथसप्तमी, मन्वादि, लगलाचुयके,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी,

आजको राहुकाल र कालवारवेला :–
राहु काल : दिउँसो ०१:३९ देखि ०३:०१ सम्म
काल वारवेला : दिउँसो ०३:०१ देखि ०४:२२ सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५७ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय (वारवेला) :–
शुभ वारवेला : बिहान ०६:५३ देखि ०८:१४ सम्म, साँझ ०४:२२ देखि ०७:२२ सम्म र मध्यरात्रीपछि ०५:१४ देखि ०६:५२ सम्म
अमृत वारवेला : दिउँसो ०१:३९ देखि ०३:०१ सम्म र बेलुका ०७:२२ देखि ०९:०१ सम्म
लाभ वारवेला : दिउँसो १२:१८ देखि ०१:३९ सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३५ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
द्वादश भावमा चन्द्रमा छ, आज भनेजस्तो सफलता प्राप्त नहुनसक्छ । नचाहेको क्षेत्रमा अनायासै खर्च बृद्धि हुने सम्भावना देखिन्छ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । रातीअबेर तपाईंको आफ्नै घरमा चन्द्रमा आउने भएकाले केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।
शुभ रङ्ग : गुलाबी
शुभ अङ्क : १
शुभ दिशा : पूर्व
इष्ट देवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्य सिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जाप सङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । विश्वासको वातावरण बन्नेछ ।
शुभ रङ्ग : सेतो वा घिउरङ
शुभ अङ्क : ७
शुभ दिशा : पश्चिम
इष्ट देवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्य सिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जाप सङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकको आशीर्वादले काम गर्नेछ ।
शुभ रङ्ग : नीलो
शुभ अङ्क : ६
शुभ दिशा : दक्षिण
इष्ट देवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्य सिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जाप सङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने भाग्यमा चन्द्रमा भएको दिन हो । अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्ने छ । दाजुभाइ र बन्धुबान्धवको सद्भाव र सहयोग प्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । कर्मप्रतिको समर्पणभाव बढ्ने छ ।
शुभ रङ्ग : बैजनी वा पहेंलो
शुभ अङ्क : १
शुभ दिशा : पूर्व
इष्ट देवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्य सिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जाप सङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आयुक्षेत्रमा चन्द्रमा भएकाले मन डराउन सक्छ, तर समस्यादेखि नभाग्नु होला, सफलता तपाईंको मुट्ठीमा छ, नत्र पछुतो हुनसक्छ । तपाईंको राशिमा शुभग्रहको बल प्राप्त भएकाले धन, धर्म र भाग्यबलमा अभिबृद्धि हुनेछ । स्वास्थ्य पक्षमा देखिएको कमजोरी हट्दै जानेछ । झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।
शुभ रङ्ग : ध्वाँसे
शुभ अङ्क : ४
शुभ दिशा : उत्तर
इष्ट देवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्य सिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जाप सङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । आम्दानीमा कमी हुने छैन । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ ।
शुभ रङ्ग : सुन्तले
शुभ अङ्क : ३
शुभ दिशा : पश्चिम
इष्ट देवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्य सिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जाप सङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने सङ्केत छ, जीवनसाथी र प्रेयसीसितको दूरीमा क्रमशः कमी आउने छ ।
शुभ रङ्ग : छिर्केमिर्के बुट्टे
शुभ अङ्क : २
शुभ दिशा : दक्षिण
इष्ट देवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्य सिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जाप सङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।
शुभ रङ्ग : गाढा हरियो
शुभ अङ्क : ५
शुभ दिशा : पूर्व
इष्ट देवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्य सिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जाप सङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चौथो चन्द्रमाका कारण सुरुमा मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ ।
शुभ रङ्ग : गाढा रातो
शुभ अङ्क : ८
शुभ दिशा : उत्तर
इष्ट देवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्य सिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जाप सङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।
शुभ रङ्ग : गाढा हरियो
शुभ अङ्क : ७
शुभ दिशा : पश्चिम
इष्ट देवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्य सिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जाप सङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक काममा संलग्न भएर व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । बन्दव्यापारमा राम्रै छ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । बोलीवचनमा सुमधुरता आउने छ, नचिताएको ठाउँमा बोली बिक्न सक्छ ।
शुभ रङ्ग : सेतो वा उज्यालो
शुभ अङ्क : ६
शुभ दिशा : दक्षिण
इष्ट देवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्य सिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जाप सङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।
शुभ रङ्ग : हलुका रातो
शुभ अङ्क : ५
शुभ दिशा : पूर्व
इष्ट देवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्य सिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जाप सङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय

सोर्त – कृष्णप्रसाद कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button