फेरिने भो पोखरा पुम्दीकोटको मुहार, महायज्ञले सुनिश्चित गरायो

पोखरा-
पर्यटनको पुर्वाधार निमार्ण गर्ने उद्धेश्यले पुम्दीकोटमा शनिबार सम्पन्न भएको महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ मा संकलन भएको रकमले आगामी दुई बर्षमै मुहार फेरिने भएको छ ।
१२ दिनसम्म संचालन भएको उक्त महोत्सव एवं महायज्ञबाट करीब १० करोड संकलन भएकोले आगामी २ बर्ष भित्र पुम्दीकोटको मुहार फेर्ने गरी काम हुने भएको पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले दाबी गरे । उक्त महोत्सव एवं महायज्ञ सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दै समितिका अध्यक्ष बरालले आगामी २ बर्ष भित्रमा पर्यटनको मुख्य पुर्वाधार बिशाल महादेको मुर्ति सहित स्मृती पार्क निमार्ण गर्ने दाबी गरे । उनले भने“ हामीले सोचे अनुसार महायज्ञ सफल भएकोले अब हाम्रो अभियानमा पैसाले रोकिदैन, मात्र कामको प्रकृया अघि बढाउनु पर्दछ, हामीले २ बर्ष भित्र धेरै काम गर्ने छौं, यस्तै सम्पुर्ण शुभेच्छुकहरुको सहयोग र साथ आवश्यक छ । ” महायज्ञको अन्तिम दिन शनिबार ८ लाख रुपैया संकलन भएको हो।

महायज्ञमा सवै भन्दा बढी रकम दान गर्ने दानविरको रुपमा समितिका अध्यक्ष एवं पोखरा पार्दीविरौटा निवासि चन्द्रकान्त बराल रहेका छन । उनले पटक, पटक गरी हालसम्म एक करोड एक लाख ११ हजार एक सय ८ रुपैया आर्थिक सहयोग गरेको आर्थिक संकलन उप–समितिका संयोजक डिल्लीराम बरालले बताए । चन्द्रकान्तले सुक्रबार थप २६ लाख महायज्ञमा थप्दै एक करोड दान गर्ने पहिलो दान विरको रुपमा रहेका छन। महायज्ञको उद्घाटनको दिनमा विरगन्जका उद्योगपति एवं माडवरी सेवा समितिका अध्यक्ष समेत रहेका मुरलिधर रुंगटाले ५० लाख रुपैया दिएका थिए । यमहायज्ञमा करीब २० रोपनी जग्गा समेत प्राप्त भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

१० हजार माथि दान गर्नेहरुको शिलालेखमा नाम लेखिने भएको छ भने २५ लाख दिनेको ईच्छाएको व्यक्तिको अर्ध कदको मुर्ति स्थापना गरीने भएको छ । शनिबार महायज्ञमा ८ लाख रुपैया आर्थिक संकलन भएको सह संयोजक हिमलाल बरालले बताए । भारतको दिल्लीमा रहेका विष्णु प्रसाद बरालबाट २ लाख २५ हजार, त्यसै गरी पोखरा २५, तिलाहार हाल मुस्ताङचोक निवासि युवा व्यवसायि शिव प्रसाद देवकोटाबाट २ लाख २५ हजार रुपैया प्राप्त भएको समितिले जनाएको छ । समितिमा हालसम्म नगद तथा चेकबाट ७ करोड ६५ लाख ३२ हजार ९ सय ५७ रुपैया आर्थिक संकलन भएको आर्थिक संकलन उप–समितिका संयोजक डिल्लीराम बरालले बताए । सांसदहरुले उद्घोष गरेको ३९ लाख ७५ हजार, स्वर्गीय तारानाथ बरालका छोराहरु नरनाथ र छत्रनाथ बरालबाट उद्घोष भएको २५ लाख सहितको रकम उठ्न बाँकी रहेको बरालले जनाए । २० रोपनीको जग्गा कम्तिमा पनि २ करोड माथि मुल्य हुने बताईएको छ । समितिले ५ बर्ष भित्र २१ करोडको बृहत योजना अघि सारेको हो । समितिको योजना अनुसार काम भएमा पुम्दीकोटको बसाई सराई रोक्नुका साथै पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने स्थानीय राजु क्षेत्रिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button