
पोखरा –
पोखरा रंगशालामा शनिबार बृहत सरसफाई गरिएको छ । क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा शनिबार पोखरा रंगशालामा विभिन्न संघ संस्थाको सहयोगमा बृहत सरसफाई गरिएको समितिका अध्यक्ष खगराज पौडेलले बताए ।
रंगशालालाई ब्यवस्थित पार्नु पर्दछ भन्ने मान्यतालाई सार्थक दिने उद्धेश्यले सरसफाई अभियान शनिबार देखि सुरु भएको पौडेलले बताए । उनका अनुसार हरेक महिनाको पहिलो शनिबार पोखरा रंगशालमा यसै गरि सरसफाई हुने भएको हो । शनिबार खेलाडी संघ कास्की, पश्चिम पृतना, सशस्त्र प्रहरी वलको मुक्तिनाथ बाहिनी, पश्चिम क्षेत्रिय प्रहरी लगायतका खेलकुदकर्मीको सहयोगमा सरसफाई गरिएको अध्यक्ष पौडेलले बताए ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालयले सरसफाई गर्नको लागि गाडीको ब्यबस्था मिलाएको थियो ।





