अन्नपूर्णको रक्तदान कार्यक्रममा २ बिदेशीसहित ७० बढीले नाम टिपाए

रक्तदान कार्यक्रमको तयारी अन्तिम चरणमा

पोखरा –

रेडियो अन्नपूर्णले यही चैत १९ गते शनिवार आयोजना गर्ने रक्तदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । रेडियोले वार्षिक रुपमा चैतको तेश्रो शनिबार गर्दै आएको रक्तदान कार्यक्रमको तयारी लगभग पूरा भएको रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्तम लायन्स क्लब अफ पोखरा सेती गण्डकीको सहकार्य हुन लागेको हो ।

यस वर्ष रक्तदाताले लाईन नबसी सहजै रक्तदान गर्ने ब्यबस्था मिलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । जसका लागि रक्तदान स्थल फराकिलो बनाउने र करीब २० वटा बेड राखेर रक्तदान गर्ने ब्यबस्था मिलाईने उहाँको भनाई छ ।

यसैबीच, रक्तदानका लागि २ बिदेशीसहित ७० बढीले नाम टिपाईसकेका छन् । रेडियो अन्नपूर्णकर्मी, श्रोता तथा शुभेच्छुकहरुले स्वतःस्फुर्त रक्तदानका लागि नाम टिपाएको कार्यक्रम संयोजक दिननाथ वरालले जानकारी दिनुभयो । रक्तदानका लागि नाम टिपाउने क्रम जारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नाम टिपाएकालाई लाईन नबसाई छुट्टै बेडमार्फत रक्तदान दिने ब्यबस्था हुनेछ ।

रेडियोको रक्तदान कार्यक्रममा रक्तदान गर्न राष्ट्रिय पर्यटन पर्वद्धन समितिका पश्चिमाञ्चल क्षेत्रीय संयोजक गोविन्दराज पहारी र दुई विदेशी नागरिक मार्क जोन्सन र रश्व हिभ्डले नाम दर्ता गराएका छन् । त्यस्तै नियमित रक्तदाता जितेन्द्रमान शाक्यले अग्रिम नाम दर्ता गराएका छन् । त्यसैगरी रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखे, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, समाचार संयोजक आरजु विष्ट सल्यानी, अरविन्दविक्रम राणा, माधव बराल, दिननाथ बराल, सन्तोष बस्याल, उमा आलेमगर, नारायण कुईकेल, सोम भण्डारी, सन्देश श्रेष्ठ, हरिबहादुर थापा, शोभा नेपाल, वसन्त भूजेल, लेखाप्रमुख अगन्धर सुवेदी र विजेश पालिखे रहेका छन् । त्यस्तै समावेशी टोलका रामप्रसाद खतिवडा, राजु गिरी, राममणि दाहाल, रामप्रसाद पाण्डे, दिपक श्रेष्ठ, सविन भट्राई, सुशिल जि.सी., जीतबहादुर थापा, कृष्ण सुवेदी, कृष्ण धरेल रहेका छन्

त्यस्तै गरी मधुसुदन गौतम धिताल, कमला जोशी नदिपुर, सुनिल कार्की शितलादेवी र हरि अधिकारी चितवनले रक्तदानका लागी अग्रिम नाम लेखाएका छन् । त्यसैगरी राखेपका सदस्य फत्तबहादुर गुरुङ्ग, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकाश समितिका अध्यक्ष खगराज पौडेल र कार्यालय प्रमुख प्रकाश बरालले नाम टिपाएका छन् । मनकामना टोल पोखराबाट अजय जिसी, शितलादेवी शुशिला श्रेष्ठ, स्काई टचका विवि विष्ट, सहारा क्लबका विरभद्र आचार्य, मणिपाल हस्पिटलका डा. हरि पौडेल, मेट्रोसिटी हस्पिटलका डा. राजन शर्मा, सौजन्य फार्मेसीका कुलदीप आचार्य, पत्रकार गीता राना, रेडियो अन्नपूर्णकर्मी ऋषि खतिवडा, दिपक जिसी, सरिता पहारी, निराजन पौडेल, डा. अमृत बराल, अजित बराल, कुलदिप सुवेदी, गैह्रापाटनका भरतराज पौडेल, ईन्दिरा पौडेल, विन्ध्यवासिनीका प्रान्जलले रक्तदानका लागी अग्रिम नाम लेखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button