अजिंगरले निल्यो मान्छे, शंका लागेर काटेर हेर्दा पेटभित्र फेला

बीबीसी, जकार्ता-

इन्डोनेसियाको सुलाबेसी टापुमा गत आइतबारदेखि हराइरहेका एक व्यक्ति अजिंगरको पेटभित्र फेला परेका छन् ।

अकबर नामका २५ वर्षीय ती व्यक्ति पाम तेलको खेती लगाउन निस्कनेबित्तिकै हराएका थिए । तर पाम खेतभित्र फेला परेको ठूलो अजिंगरले निलेको शंका गरिएपछि काटेर हेर्दा अकबर फेला परेका थिए । उक्त अजिंगर ७ मिटर लामो थियो ।

अजिंगरहरूले कुनै पनि जनावर या मानिसलाई निल्नुअघि बेहोस बनाउने गर्छ । तर यसले कमै मात्रामा मानिसलाई मार्ने गर्छ । मानिसले पाम खेतभित्रको एउटा नालामा नचली बसेको अजिंगर देखेपछि उसैले निलेको शंका गरेका थिए ।

स्रोत –  https://kantipur.ekantipur.com/news/2017-03-30/20170330073643.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button