पोखरा पर्यटन परिषदको विवाद टुंगियो, नाट्टा र होटल संघ परिषदमै फर्किए

पोखरा-
अन्ततः विधान संसोधन हुने भए पछि पोखरा पर्यटन परिषदको विवाद टुंगिएको छ ।

पर्यटन संवद्ध केहि संस्थाहरुले उठाएको मुद्धा आगामी तिन महिनामा विधान संसोधन गर्ने गरी परिषदमा देखिएको विवाद हाल टुंगाईएको परिषदको नवनिर्वाचित अध्यक्ष केदार शर्माले बताए ।

पोखरा क्षेत्रको पर्यटन व्यवसायिहरुको छाता संस्थामा रुपमा रहेको परिषदको निर्वाचनमा केहि असहमति राख्दै विगत दुई बर्ष देखि परिदषबाट बाहिरिएका पर्यटन संवद्ध दुई वटा संस्था पश्चिमाञ्चल होटल संघ र क्षेत्रिय नाट्टा संघ अन्ततः विधान संसोधन हुने भए पछि परिषदमा दुई बर्ष पछि पुनः फर्किएका हुन । संघ र नाट्टाले पोखरा उद्योग बाणिज्य संघ र ट्याक्सी व्यवसायी समितिलाई प्रत्यक्ष निर्वाचनमा पर्यटन संघ संस्थाको जस्तै समान अधिकार दिन नहुने भन्ने मुख्य मुद्धा उठाउदै आएका थिए । पर्यटन संवद्ध संस्थाहरु भन्दा फरक संस्थाहरुलाई समान अधिकार दिदा उनीहरुको परिषदमा हावी हुने भएकोले आफुहरुले उक्त मुद्धा उठाएको एक पर्यटन व्यवसायीले बताए ।

दुई बर्ष अघि संघ र नाट्टाले उठाएको बिषय मिल्न नसक्दा दुबै संस्थाले दुई बर्षसम्म परिषदले आयोजना गरेका कुनै पनि कार्यक्रमहरुमा सहभागि भएनन । सोम थापाको अध्यक्षमा भएको पहिलाको कार्यसमितीले होटल संघ र नाट्टालाई एकै ठाँउमा ल्याउने प्रयास गर्दा गर्दै वातावरण मिल्न नसकेको थापाले बताए । विधान संसोधनको कुराले गर्दा सवै मिलेकाले पर्यटन क्षेत्रमा सकरात्मक देखिएको उनले बताए ।
परिषदले आफुहरुले उठाएको मुद्धा अर्थात असहमतिका कुराहरु तीन महिना भित्र विधान संसोधन गर्ने भए पनि आफुहरु परिषदमा पुनः आवद्ध भएको पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरा न्युज डटकमलाइ बताए । पराजुली संघबाट प्रतिनिधित्य गर्दै परिषदमा उपाध्यक्षमा निर्वीरोध चयन भएका छन ।

पोखरा पर्यटन परिषदको हालै पोखरामा सम्पन्न भएको १६ औं बार्षिक साधारण सभा तथा नवौं महाधिवेसनले सर्वसम्वत रुपमा नाट्टाका पुर्व अध्यक्ष केदार शर्मालाई परिषदको अध्यक्षमा चयन गरेको हो । संघ र नाट्टा तथा संघिय ढाँचामा परिषदलाई लैजानको लागि पनि विधान संसोधन गर्न आफुहरु लागि परेको अध्यक्ष शर्माले बताए । उनले पोखरा न्युज डटकम संग भने “ हामी पर्यटनसंग आवद्ध सवै संघ संस्थाहरु मिल्नुको विकल्प छैन, एक अर्कोलाई वाई पास गरेर हाम्रो पर्यटन प्रवद्र्धन हुन सक्दैन, अब हामी पोखरा क्षेत्रका पर्यटन व्यवसायी एक भएका छौं ।”

परिषदमा आवद्ध पश्चिमाञ्चल होटल संघ, नाट्टा क्षेत्रिय संघ पोखरा, टान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय, रेवान पोखरा, पोखरा उद्योग बाणिज्य संघ र पोखरा ट्याक्सी व्यवसायी समिती रहेका छन । परिषदको बिधानमा माथि उल्लेखित पार्षदमा ५÷५ जना सहभागि हुन पाउने छन भने टेसा, एगा र हवाई खेलकुद संस्था नालाई ३÷३ पार्षद सहभागि हुन पाउने प्रावधान रहेको छ । टेसा, एगा र नाले पनि आफुहरुको समान अधिकार हुनुपर्ने माग राख्दै आएका छन यद्यपी यस बिषयमा भने विधान संसोधन हुनु पर्ने तीन वटा व्यवसायीहरुले माग राखे पनि परिषदले यस बिषयमा के गर्ने हाल कुनै प्रतिकृया दिएको छैन ।

परिषदको हालै सम्पन्न अधिवेसनबाट महासचिवमा कृष्ण भण्डारी (ना), कोषाध्यक्षमा रामचन्द्र शर्मा (टान), सचिवमा नवराज अधिकारी (टेसा), सदस्यमा राम्जी घिमिरे (ट्याक्सी व्यवसाय समिती) र बाँकी ९ वटा पर्यटन संवद्ध संस्थाका अध्यक्ष पदेन सदस्य रहने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button