पोखरा विमानस्थलमा यति एयरलाइन्सको विमानको चक्का लक, यात्रु सामान्य

पोखरा न्यूज  – १८ , बैशाख ।

पोखरा विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको विमानको चक्का (ह्विल ) लक भएपछि केहीबेर उडान अवरूद्ध भएको छ । काठमाण्डौ वाट पोखराका लागी उडेको यति एयरलाइन्सको 9N-AHU विमान विमानस्थलमा ल्याण्ड गरिसकेपछि धावनमार्ग को उत्तर छेउ तर्फबाट मोडने क्रममा ह्विल लक भएको हो ।

सोमबार दिउसो करिब २:३० बजे काठमाण्डौबाट पोखरा आएको उक्त बिमान ल्याण्ड गर्दा टर्न गर्ने बेलामा अगाडिको ह्विल  लक भएको थियो । बिमान धावनमार्गमा अवतरण भइसकेकपछी यु टर्न गर्ने बेलामा विमानको अगाडिको ह्विल  लक भएकाले बिमान धावनमार्गमै रोकिन पुगेको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख भोला प्रसाद गुरागाईले पोखरा न्युजलाई बताए  । अवतरण भइसकेकपछी सामान्य अवस्थामा चक्का लक भएकोले जहाजमा सवार यात्रुहरुलाई कुनै असर नपरेको गुरागाईले बताए ।

विमानस्थल प्राविधिक टोलीले सामान्य मर्मत गरेपछि बिमानलाई आफ्नो स्थानमा पुर्याइएको र उडान सुचारु भइसकेको गुरागाईले पोखरा न्युजलाई  जानकारी दिए ।

विमान धावनमार्गमा लक हुदा करिब एक घण्टा हवाई उडान प्रभावित भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button