
पोखरा न्युज –
राप्रपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको हो ।
राप्रपाले पार्टी सरकारबाट फिर्ता भएतापनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाइ सघाउने र निर्वाचनमा सहभागी हुने जनाएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने विषयमा असन्तुष्ट बनेको राप्रपाले छापमार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गर्नुले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको निस्कर्ष निकालेको हो ।





