जीप दुर्घटनामा उम्मेदवार सहित १२ घाइते, तीनजना पोखराको फेवासिटी हस्पिटलमा

वैशाख २६, २०७४-

लमजुङको सुन्दरबजार नगरपालिका–५, गहते छोर्सेस्थित खत्रीठाँटीको भित्री सडकमा मंगलबार साँझ जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

साँझ साँढे ५ बजेतिर कांग्रेसको चुनावी प्रचारमा रहेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सुन्दरबजार नगरपालिका–५ का ३ जना कांग्रेस उम्मेदवारसहित कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक बुद्धिसागर पुरीले गहतेबाट खत्रीठाटीतर्फ जाँदै गरेको ग१ज ६१८७ नम्बरको जीप घुम्तीमा ‘ब्याक’ गर्दा बाटो भासिएर १०र१२ मिटर तल खसेर दुर्घटना भएको बताए । प्रहरी स्रोतका अनुसार क्षमताभन्दा बढी यात्रु चढेका कारण जीप दुर्घटना भएको हो ।

दुर्घटनामा सुन्दरबजार नगरपालिका–५ को वडा अध्यक्षका लागि कांग्रेसका उम्मेदवार सूर्यबहादुर गुरुङ, महिला सदस्य शारदा भट्राई, वडा सदस्य धर्म लामा लगायत रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुनपा ५, खहरेका गोपाल तामाङ र सुदेश तमाङ साथै खत्रीठाँटीका दीपक तामाङलाई थप उपचारको लागि पोखरास्थित फेवासिटी हस्पितलमा रिफर गरिएको इलाका प्रहरी कार्यालय सुन्दरबजारका सई होमनाथ अधिकारीले बताए । बाँकी ९ जनाको नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचारपछि डिस्चार्ज गरिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत – कान्तिपुर –   https://kantipur.ekantipur.com/news/2017-05-09/20170509205915.html

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button