पोखरा, ३१ वैशाख-
पोखरा लेखनाथ महानगरपालिकामा २ सय ५० भन्दा बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्वाचनको समयमा अनुमति पत्र विना महानगर क्षेत्रमा चलाइएका मोटरसाइकल , स्कुटर तथा गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनुमति पत्र नलिई संचालन गरेका ३ वटा गाडी सहित २ सय ५० भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक शिव थापाले पोखरान्युज लाइ बताए । नियन्त्रणमा लिईएका सवारी साधनलाई साझ ७ बजे पछी छाडिने थापाले जनाए ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आयोगको समन्वयमा एम्बुलेन्स, निर्वाचन पर्यवेक्षक, मानवअधिकारकर्मी, संचारकर्मी तथा अन्य अत्यावसेक सेवा प्रदान गर्ने सवारी साधनलाइ लक्षित गरि १ दिने सवारी अनुमति पत्र प्रदान गरेको थियो ।





