
पोखरा –
पोखरा लेखनाथ महानगरको १४ वटा वडाको नतिजा सार्वजनिक हुदा एमालेले पाँच वटा वडामा प्यानल सहितको जित हात पारेको छ ।
शनिवार विहान सम्पन्न मतगणनाको नतिजा अनुसार पोखरा लेखनाथ महानगरको वडानम्बर १५ मा पनि नेकपा एमाले प्यानल सहित विजयी भएको छ ।
वडाको अध्यक्षमा एमालेका प्रकाश पौडेल १९४४ मत हासील गर्दै निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका टोप बहादुर थापाले १५४७ मत प्राप्त गरे ।
वडाको महिला सदस्यमा एमालेकै पार्वती कार्की थापा तथा दलित महिला सदस्यमा मन्दिरा परियार निर्वाचित भइन् । खुल्ला सदस्यमा तोरण बहादुर बानियाँमा र रुक बहादुर गुरुङ विजयी भए ।
वडामा प्रमुख तिन दलको मत परिणाम
[table id=12 /]
यसअघि शुक्रबार साझ एमाले १३ नम्बर वडामा प्यानल सहितको बिजयी बनेको हो । एमालेका लेख बहादुर तामाङ (दर्शन लामा ) २६०६ मत प्राप्त गर्दै वडाको अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका बजिरमान श्रेष्ठले १६०८ मत पाए ।
वडाको महिला सदस्यमा एमालेकी कृष्ण कुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक निर्वाचित भइन । खुल्ला सदस्यमा टंक प्रसाद भट्टराई र रही मुल्ला मिया विजयी भए ।
वडाका कांग्रेस उम्मेदवार श्रेष्ठले नतिजा प्रकाशन हुनुपूर्वनै नतिजाको पूर्वानुमान गर्दै पोखराको नगर सभापतिबाट राजिनामा दिइसकेका छन् । उनले राजिनामा दिएपछि पार्टीको तर्फबाट महानगरमा उम्मेदवारले राम्रो मत प्राप्त गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।
वडामा प्रमुख तिन दलको मत परिणाम
[table id=11 /]
देशकै ठुलो महानगर पोखरा लेखनाथ महानगरमा कुल ३३ वडा मध्ये शनिवार विहान सम्म १४ वटा वडाको अन्तिम नतिजा आएको छ । जसमा एमालेले पाँच वटा वडामा प्यानल सहितको जित हात पारेको छ । यसअघि १, ५, ७ र १३ नम्बरको वडामा एमाले प्यानल सहित विजयी भएको थियो ।





