
पोखरा-
पोखरा लेखथान महानगरपालिका २४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
मंगलबार दिउसो सम्पन्न मतगणनाको नतिजा अनुसार वडाको अध्यक्षमा एमालेका उम्मेदवार ओमप्रसाद सुबेदी १५८० मत हासिल गर्दै विजयी भए । उनका निकटतम प्रति द्धन्दी नेपाली काग्रेसका उम्मेदवार भरत बहादुर अधिकारीले १४१९ मत प्राप्त गरे ।
वडामा एमालेवाटै महिला सदस्यमा सन्तुदेवी सुबेदी तथा दलित महिला सदस्यमा मिना नेपाली बिजयी भए ।
त्यस्तैगरि खुल्ला सदस्यमा एमालेकै सोमनाथ भट्टराई र अग्नीधर त्रिपाठी निर्बाचित भए ।





