प्रधानमन्त्री प्रचण्डद्वारा पदबाट राजीनामा

पोखरा न्युज  –

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रधानमन्त्री कार्यालयबाट आज अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै उहाँले आजै प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गर्नुभयो । साथै उहाँले आफूले तत्काल राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने घोषणा पनि गर्नुभयो ।

नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दैआएको पृष्ठभूमिमा आफूले नेपाली काँग्रेससँग गरेको समझदारी अनुसार राजीनामा गरेको उहाँले बताउनुभयो ।

गत वर्ष साउन २० गते नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहित अन्य दलसँगको समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button