गोमा एयरको विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते ( अपडेट )

पोखरा न्युज – 

काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दलका क्याप्टेन पारसकुमार राईको पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दुर्घटनामा गम्भीर घाइते भएका सह–क्याप्टेन सृजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल बोल्न सक्ने अवस्थामा रहेकी एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि डाइनास्टी हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीका कारण छुप्लुङमा आकस्मिक अवतरण गराइएको प्रहरीले जनाएको छ ।

रासस

तस्बिर -अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button