एमालेद्धारा पोखरामा विजय उत्सव, आफ्ना प्रतिनिधीले भ्रष्टचार नगर्ने ओलीको दाबी

 

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

डीएनबी,पोखरा –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानिय तहको निर्वाचनमा निर्वाचित एमालेका जनप्रतिनिधिहरुले कुनै भ्रष्टचार नगर्ने बताएका छन ।

पोखरा लेखनाथ महानगरपालिका सहित कास्कीका सबै स्थानिय तहमा निर्वाचित जनप्रतिनीधिहरुको सम्मानार्थ आयोजित बिजयोत्सव समारोहमा सम्बोधन गर्दै नेता ओलीले जनताले दिएको मतलाई उच्च कदर गर्दै आफ्ना जनप्रतिनिधिहरुलाई जनताको कामलाई प्रथामिकता दियर काम गर्न निर्देशन दिदै प्रतिनिधिहरुले कुनै भ्रष्टचार नगर्ने दाबी गरेका हुन ।

एमाले अध्यक्ष ओलीले मधेशवादी दल राजपालाई अघि सारेर निर्वाचन पर सार्ने खोजेको आरोप लगाएका छन । उनले भने “चुनाव सार्ने प्रयास चुनावै नगर्ने षडयन्त्र हो, एमाले तराईमा छैन भन्नेहरुले दोश्रो चरणको चुनावको नतिजा आएपछि थाहा पाउने छौं, दोश्रो चरणको चुनावमा पनि एमालेले बहुमत ल्याएर देशैभरको पहिलो पार्टी बन्ने छ । ” संविधान कार्यान्वयन र दोश्रो चरणको स्थानिय तहको निर्वाचन सम्पन्न गर्न दलहरुबीच सहमति आवश्यक रहेको ओलीको भनाइ थियो । अध्यक्ष ओलीले सहमतिका साथ सरकार बनाउनुपर्ने आवश्यक्ता रहेको बताउदै दोश्रो चरणको निर्वाचन सकेर सरकार छाडेको भए पनि हुने प्रतिकृया दिए । एमालेमा लहर आएका कारण त्यसलाई रोक्न अन्य दलहरु एक भए पनि जनताले एमालेलाई नै बलियो पार्टी वनाउन मत दिएको दाबी गरे । उनले भने “ एमालेलाई रोक्न अन्य दलहरुले विभिन्न हतकण्डा अप्नाई रहे तर सकेनन, पहिलो चरणको निर्वाचनको मतले देखाई सकेको छ, अब दोश्रो चरणको निर्वाचनले हामीलाई सपष्ट बहुमति आउनेमा हामी ढुक्क छौं । ”

पोखरा लेखनाथ महानगरपालिका सहित कास्कीका सबै स्थानिय तहमा निर्वाचित जनप्रतिनीधिहरुको सम्मानार्थ आयोजित बिजयोत्सव समारोहमा सम्बोधन गर्दै नेता ओलीले समय आएपछि आफैहरु सरकारमा आफै जाने अन्यथा हाल सरकारमा जान कुनै हतारो नभएको बताएका हुन । पूर्व ञप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने “एमालेलाई सरकारमा जान हतार छैन, समय आएपछि एमाले आफै सरकारमा जान्छ, तर अन्य पार्टी जस्तो एमाले जस्केला सस्केलाबाट सरकारमा जाने पार्टी होईन । ” स्थानिय तह र प्रदेशको चुनाव र त्यसपछि केन्द्रीय चुनाव सकिएर बहुमत आएपछि मात्रै एमाले सिधै सरकारमा जनताको मत लियर जाने उनले बताए ।

आफूले नेपालमा रेल गुडाउँछु भन्दा हाँसेर उडाएको सम्झदै उनले आफूले बोलेका कुरा केही वर्षभित्रै पूरा गर्ने दाबी गरे । पोखरा–काठमाडौं छुकछुके रेल अब सुलुलु जाने रेल चल्ने ओलीले बताए । ओलीले एमालेले भ्रष्टाचारमुक्त नेपाल बनाउने, जनताको सेवा गर्ने जनताको मन जित्ने गरी काम गर्ने दाबी गरे । उनले भने “एमालेले भ्रष्टाचारमुक्त पोखरा, भ्रष्टाचारमुक्त कास्की, भ्रष्टाचारमुक्त प्रदेश नम्बर ४ र भ्रष्टाचारमुक्त नेपाल बनाउँछ ।  एमालेको अगुवाईमा देश विकास र समृद्धी हुने बताएका ओलीले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय बिमानस्थल ३ वर्ष भित्रै बन्ने दाबी गरे । उनले भने “ एमाले गरिबी हटाउने देश बनाउने पार्टी हो, जनताले दिएको मतलाई कदर गर्न जनप्रतिनिधिहरुले मुस्कान सहित सेवा दिनुहोस । ” कास्कीमा हालसम्मकै जितको अन्तर एमालेको १२ हजार भन्दा बढी भएको दाबी गरेका ओलीले भोलिका दिनमा पनि कुनै पार्टीले यस्तो अन्तरमा जित गर्न नसक्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button