बाजुरामा नेपाली सेनाको जहाज दुर्घटना, एकको जीवितै उद्दार

पोखरा न्युज –

बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । एक जनाको जीवितै उद्दार गरिएको छ ।

यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।
त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

विमानमा रहेका एक जनाको जीवितै उद्दार गरिएको छ । उद्दार जारी रहेको प्रमखु जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अनलाइनखबरलाई बताए ।

विमानको इन्जिन चालु अवस्थामा रहेका कारण उद्दारमा केही कठिनाइ भएको छ । साथै विमानमा कति मानिस थिए भन्ने समेत खुल्न सकेको छैन ।

स्रोत -अनलाइनखबर –    https://www.onlinekhabar.com/2017/05/591604/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button