पोखरा महानगरमा जेष्ठ नगरिकलाई सार्वजनिक यातयातको छुट कान्वयन भएन

पोखरा न्युज –

नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई सार्वजनिक यातयातमा दिएको आरक्षण सिट सहितको ५० प्रतिशत छुट पोखरा लेखनाथ महानगरमा हालसम्म कान्वयन भएको छैन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यातयात क्षेत्रमा यसरी आरक्षण सिट सहितको छुटमा अधिकाशं सवारी साधनले कान्वयन नगरेको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन । यद्यपि केहि यातयात व्यवसायी प्रतिष्ठानले मानवियताको नाताले छुट दिए पनि संस्थागत ढंगले विभिन्न सार्वजनिक यातयात व्यवसायीहरुले छुन नदिएको पोखरा क्षेत्रका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन ।

सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा संचालकले जेष्ठ नागरिकका लागि कम्तिमा २ वटा सिट सुरक्षित राख्नुपर्ने छ र निजलाई यात्रु भाडामा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ ले कानुनि व्यवस्था गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ का एक जेष्ठ नागरिक राम बहादुर केसीले पोखरा क्षेत्रमा संचालनमा आएका अधिकाशं सवारी साधनहरुले जेष्ठ नागरिकहरुलाई छुट्टाएको सिट कोटा र ५० प्रतिशत छुट नदिएको बताए । उनले पोखरा न्युज संग    भने “ सरकारले हामी जेष्ठ नागरिकहरुलाई सम्मान रुवरुप दिएको जेष्ठ नागरिक परिचय पत्र लियर हिड्दा समेत केहि ठाँउमा अपमान हुने गरेको छ । ” कास्कीको माछापुच्छ्रे गाउँ पालिकाका एक जेष्ठ नागरिक नन्दलाल पौडेलले प्रशासनलाई सरकारले आफुहरुलाई दिएको सुविधा उपलबध गराउन माग गर्दा सुनुवाई नभएको गुनासो गरे । उनले भने “पोखरामा धेरै सवारी साधनहरुले अझै पनि जेष्ठ नागरिक को हुन भन्ने बारेमा बुझेका छैनन, हामीलाई सरकारले एउटा सवारी साधनमा दुई सिट अनिवार्य जेष्ठ नागरिकहरुको लागि छुट्टाएको छ, त्यसमा ५० प्रतिशत छुट हुनु पर्छ तर हालसम्म लागु भएको छैन । ” केही लामो दुरीमा संचालन हुने सवारी साधनहरुले जेष्ठ नागरिकहरुलाई छुट दिए पनि छोटो दुरीमा संचालन हुने सवारी साधनमा भने आफुहरुले छुट पाउन मुस्किल परेको उनले पोखरा न्युज संग बताए ।

केसी र पौडेल जस्ता हजारौ जेष्ठ नागरिकहरुले अझै पनि सार्वजनिक यातयातको भाडामा ५० प्रतिशत छुट पाएका छैनन । यस बिषयमा पोखरा लेखनाथ महानगपालिकाका मेयर मानबहादुर जिसीले धेरै बर्ष जनप्रतिनिधिहरु विहिन हुदा जनताका धेरै अधिकारहरु प्रभावकारी नभएकोदले आगामी केहि महिना भित्र जेष्ठ नागरिकले पाउने अधिकार सुनिस्चित पार्ने वचन दिए । उनले भने “ कानुनी व्यबस्था हुदा हुदै कसैले जेष्ठ नागरिकलाई पाउनु पर्ने छुट नदिएमा किटानी सहित निवेदन दिएमा हामी कार्रवाही प्रकृया अघि बढाउछौं ।”

यसै बिषयमा राष्ट्रिय यातयात व्यवसायी महासंघ पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले नेपाल सरकारले ल्याएको कानुनी व्यवस्था महासंघलाई आधिकारीक रुपमा जानकारी नगराएको र हालसम्म पनि उक्त कानुनी व्यवस्था लागु गर्न भनि पत्र नपठाएकोले आफुहरुले यसलाई संस्थागत ढंगले लागु नगरेको बताए । जगदम्वा प्रतिष्ठानमा समेत आवद्ध अधिकारीले पोखरा क्षेत्रमा यातयातका केहि प्रतिष्ठानहरुले मानवताको हिसावले जेष्ठ नागरिकहरुलाई सम्मानका साथ आरक्षण सिट सहित छुट दिए पनि आधिकारीक रुपमा यसलाई कान्वयन गर्न नसकिएको पोखरा न्युज लाई बताए । उनले भने “ नेपाल सरकार, यातयात मन्त्रालय तथा विभागले महासंघलाई जहिलेसम्म जेष्ठ नागरिक, महिला र अपाङगता भएका व्यक्तिहरुको लागि आरक्षण सहितको छुट लागु गर्नु भनी परिपत्र गर्दैैन, तवसम्म हामीले उक्त निर्णय कान्वयन गर्न सक्दैनौं । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button