उद्योग वाणिज्य महासंघ प्रदेश ४ को अध्यक्षमा संजीव बहादुर कोइराला निर्विरोध

पोखरा न्युज –

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा संजीव बहादुर कोइराला निर्विरोध निर्वाचित भएका छन्  । प्रदेशको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट उहाँसहित पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन्  । अध्यक्षमा उम्मेदवारी दिएका तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनि  निर्विरोध बनेका हुन्  । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कोइराला यसअघी प्रदेश उद्योग वाणिज्य महासंघको तदर्थ समितिको संयाजक समेत रहेका थिए  ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसैगरी महासंघ प्रदेश नम्बर ४ को जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा पर्वत उवा संघको तर्फबाट हरिओम शर्मा लामिछाने चुनिएका छन्  । उपाध्यक्षको प्रत्यासी स्याङ्जाका नवराज सुवेदीले आफ्नो नाम फिर्ता लिएपछि उनि पनि निर्विरोध बनेका हुन्  । एसोसियटतर्फको उपाध्यक्षमा फेवा ग्रुप अफ पोल्ट्रीका मोतिप्रसाद पौडेल चुनिए । कोषाध्यक्षमा लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट बलराम ढकाल चुनिए ।
कार्यसमितिको सदस्यहरुमा लम्जुङ उद्योग वाणिज्य संघका रामकुमार श्रेष्ठ, म्याग्दीका कुविरकुमार श्रेष्ठ र वालिङका शोभाकान्त पौडेल तथा एसोसियटतर्फ पोखरा भिलेज रिसोर्टका हरिप्रसाद शर्मा गैह्रे निर्विरोध चयन भए  । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन संयोजक दामोदर अधिकारीले प्रमाणपत्र बितरण गरी पद तथा गोपनीयताको सफद ग्रहण गराए । नवनिर्वाचित अध्यक्ष कोइरालाले विजयपछि संक्षिप्त संवोधन गर्दै सम्भावना नै सम्भावना भएको प्रदेश नम्बर ४ लाई सम्वृद्ध बनाउन निजी क्षेत्रको तर्फबाट सक्दो प्रयत्न गरिने प्रतिवद्धता व्यक्त गरे  यस अघि संघको पहिलो साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले समुद्घाटन गरेका थिए  ।

यो प्रदेशमा रहेका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, एसोसियट अनि बस्तुगत सदस्यहरु प्रदेश महासंघको सदस्य हुन सक्ने प्रावधान अनुसार महासंघ प्रदेश नम्बर ४मा सदस्यता आवेदन दिएका तथा रित पुगेका १३ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र ३२ वटा एसोसियट सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button