पोखरामा असार ७ गते विश्व संगित दिवस मनाइने

पोखरा न्युज –

जुन २१ (असार ७ गते ) अर्थात विश्व संगित दिवस । यस बर्षकै सबै भन्दा लामो दिनको रुपमा लिईने दिनमा  पोखरामा पनि विभिध सांस्कृतिक कार्यक्रमका साथ उक्त दिवस मनाईने भएको हो ।

भक्ति संगीत प्रतिष्ठान नेपाल, तराना म्यूजिक सेन्टर पोखरा र गुरुकुल संगीत प्रशिक्षण केन्द्र पोखराको संयुक्त आयोजनामा र अन्य १४ वटा बाङमयिक संस्थाको सह–आयोजनामा उक्त कार्यक्रम हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

उक्त अवसरमा अतिथि कलाकारहरुको समेत बिषेश प्रस्तुती रहने भएको प्रतिष्ठानका अध्यक्ष नवराज बरालले बताए । उनका अनुसार कार्यक्रममा तीन जना श्रष्ठालाई सम्मान गरिने भएको छ । संगितकारबाट सुवर्ण बज्राचार्य, संगित संयोजकबाट अम्मर गुरुङ (पोखरेली) र नृत्यबाट रत्नदासलाई सम्मान गरिने भएको सेन्टरका निर्देशक श्रीमान थुलुङले बताए ।

त्यसै गरी जोजिजू म्युजिक स्कुलले विगत ५ बर्ष देखी प्रदान गर्दै आएको संगित प्रोत्साहन पुरस्कार यस पाली गायिका रुवी गौलीलाई प्रदान गरिने भएको केन्द्रका निर्देशक तिर्थराज पोख्रेलले बताए । उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया साथमा दोसल्ला रहेको प्रेस संयोजक सन्तोस वस्यालले बताए ।

पोखरा उद्योग बाणिज्य संघको सभाहलमा करिब ३ घण्टा चल्ने कार्यक्रममा कलाकारहरुले शास्त्रिय संगित, नृत्य, गायन लगायतका प्रस्तुती राख्ने भएका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button