नेशनल आर्ट स्कूलले पोखरामा ३ महिने अभिनय कोर्ष संचालन गर्ने

पोखरा न्युज – 
पोखराको गैर्हापाटनको नेशनल आर्ट स्कूलले ३ महिने अभिनय कोर्ष संचालन गर्ने भएको छ ।

स्थानिय स्तरमा कलाकार उत्पादन गर्ने उद्धेश्यले स्कुलले ३ महिने अभिनय कोर्ष र एक महिने प्रोडक्सन कोर्ष तयार पारेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

अभिनयको राम्रो सम्भावना भएको पोखरामा दक्ष कलाकारहरुको अभाव भएकोले उक्त स्कूल मार्फत आफुहरुले स्थानिय क्षेत्रमा हुदै अन्तराष्ट्रिय बजारमा प्रतिष्प्रर्धा गर्न सक्ने कलाकार उत्पादन गर्ने लक्ष्यका साथ लागेको स्कुलका संस्थापक÷निर्देशक कृष्ण उदासीले बताए ।
उनका अनुसार अभिनयलाई सहयोग पुग्ने गरी योगा, मार्सल आर्ट, संगित र नृत्यको प्रशिक्षण गराईने भएको छ। “कला कलाको लागि, कला जिवनको लागि भन्ने मुल नाराका साथ स्कूलले प्रत्यक व्याचमा २० जना अभिनय प्रशिक्षण दिईने लक्ष्य राखेको छ ।

बार्षिक रुपमा ६० जनासम्म प्रशिक्षित पार्न सक्ने रहेको स्कुलमा आफुहरुले उत्पादन गरेका कलाकारहरुमा बहु प्रतिभा हुने भएकोले स्थानिय स्तरमा हुदै अन्तराष्ट्रिय बजारसम्म उनीहरुको राम्रो माग हुने उदासीले दाबी गरे ।अनुभवि ८ जना प्रशिक्षकहरुले प्रशिक्षण गराउने भएको उनले जनाए । मुख्य प्रशिक्षकमा परिक्षा लामिछाने अन्य प्रशिक्षकमा सरिता गिरी(अभिनय),कृष्ण उदासी (अभिनय), विकास जोशी (अभिनय), योगगुरु कामलानन्द (योगा), धनश्याम पुन( नृत्य÷संगित), दीपक गोदार(मार्शलआर्ट) रहने भएकाछन ।

पत्रकार सम्मेलनमा वोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदेश न मबर ४ को राजधानि पोखरामा कलाकारीतालाई अघि बढाउने उक्त स्कुल एक कोषेढुंगा सावित हुने दाबी गरे । संस्थापक÷निर्देशक उदासीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा प्रेस सल्लाहकार सन्देस श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button