
डीएनबी, पोखरा –
पोखरा लेखनाथ महानगरपालिका एयरपोर्ट नजिकैको सडक पेटिमा केहि दिन अघि मरेको कुकुर असार ३ गतेसम्म हटाइएको छैन ।
मरेको कुकुरको दुर्गन्धका कारण बटुवालार्ई बाटो हिड्न समेत कठिन भएको छ । उक्त क्षेत्रमा केही दिन अघि मरेको कुकुर नहटाउदा त्यसवाट फैलिएको दुर्गन्धका कारण हिडडुल गर्न समेत कठिन भएको स्थानिय मिन बहादुर रानाले गुनासो गरे । “कुकुर मरेको धेरै दिन भइसक्यो बाटो हिड्नै नसकिने भएको छ, यस्तो गर्मीमा रोग फैलिएला भन्ने डर”, रानाले भने ।
देशकै ठुलो महानगरपालिकामा यसरी सडक पेटिकामा मरेको कुकुर फालिनु र दुर्गन्ध फैलिदा समेत महानगरपालिकाले चासो नदेखाउनु निकै दुःख लाग्दो कुरा भएको रानाले बताए ।





