पोखरामा प्याराग्लाइडिङ सिक्दै गरेका एक युवाको फेवातालमा डुवेर मृत्यु

पोखरा न्युज –

पोखरामा प्याराग्लाइडिङ सिक्दै गरेका एक युवाको फेवातालमा डुवेर मृत्यु भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखराको व्लू स्काई प्याराग्लाइडिङ कम्पनिबाट प्याराग्लाईडिङको कोर्ष गर्दै गरेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ का २७ बर्षीय प्रभात सुवेदीको प्याराग्लाइडिङ प्रशिक्षणको क्रममा सोमबार दिउसो करिब ३ बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

ग्लाइडर खुम्चाउने र रेस्क्यु गर्ने ( SIV कोर्ष ) को क्रममा प्रशिक्षण गर्दै गरेका सुवेदीको मृत्यु भएको हुन सक्ने पाईलटहरुले बताएका छन । फेवातालमा सेवेदी डुबे लगतै रेस्क्यु टोलीले उद्धार गरी पोखराको मेट्रो सिटी हस्पिटलमा  उपचार गर्न लगे लगतै अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव हाल पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्ग बहादुर खड्काले पोखरा न्युज लाई बताए ।

यस अघि पोखरा क्षेत्रमा यस्तै गरी करिब ८ जना प्याराग्लाईडिङ सिक्दै गरेका सोलो पाईलटको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button