पोखरा राष्ट्रबैंक चोक स्थित ट्राभल कम्पनीमा आगलागी

फायरफाईटिङको  प्रयोगले आगो  नियन्त्रणमा,

पोखरा न्युज –
पोखराको राष्ट्रबैंक चोकमा रहेकोे एक ट्राभल कम्पनीमा बुधबार आगलागी भएको छ । ट्राभल कार्यालयमा लागेको  आगोलाई तत्काल फायरफाईटिङको  प्रयोगद्वारा  नियन्त्रणमा लिईएको छ ।

बुधबार वेलुका करिब ५ः३० बजे तिर बिद्युत सर्ट भई गोल्डेन ट्राभलमा आगो लागि भएको हो । आगलागी लगतै  राष्ट्र बैंक गेष्ट हाउसमा रहेको फायरफाईटिङ प्रयोग गरेर  आगोलाई तत्काल नियन्त्रणमा लिइएकाले  धेरै क्षती हुनबाट बचाउन सकिएको स्थानिय विजय नेपालले पोखरा न्युजलाइ बताए । आगो नियन्त्रणमा आएसंगै ठूलो क्षति टरेको  नेपालले जनाए । समयमा आगो नियन्त्रणमा आएकोले उक्त सटरसंगै जोडिएका एक दर्जन सटर  क्षति हुनबाट बचेका छन्  ।

ट्राभलका संचालक  कार्यालय वन्द गरेर  घर गएको अबस्थामा एकाएक उक्त कोठाबाट कालो धुवाको मुस्लो आए पछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणि अधिकारीको नेतृृत्वमा गएको एक टोलीले स्थानियको सहायतामा फायरफाईटिङ सहित माटो तथा पानी हालेर आगोलाई नियन्त्रणमा लिएका हुन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button