पोखराको माउ्रन्ट अन्नपुर्ण मावीद्वारा खेलकुदलाई सम्मान गर्दै छात्रवृत्ति प्रदान

पोखरा न्युज –
पोखराको पहिलो निजी विद्यालय माउन्ट अन्नपुर्ण मावीले खेलकुदलाई सम्मान गर्दै २०७३ सालको एस.इ.ई वोर्ड परिक्षामा उत्कृष्ट अंक ल्याइ उतीर्ण गर्ने विद्यार्थीहरुलाई नगद तथा छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यालयमा अध्ययन गर्दै गर्दा विद्यालयको तर्फ वाट ह्याण्डबल र वास्केटवल खेलमा सहभागीता जनाई उत्कृष्टता हासिल गर्नुका साथै एस.इ.ई वोर्ड परिक्षाामा समेत उच्च अंक ल्याएर उत्र्तिण गरेका विद्यार्थीलाई माउन्ट अन्नपुर्णले १२ जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।

एसइई वोर्ड जस्तो महत्वपुर्ण परिक्षामा उत्कृष्टता साथै विद्यालयमा खेल समेत खेलेर उत्कृष्टता हासिल गर्ने सुमन तिलिजा, सन्दिप पुर्जा र हिमराज पुर्जाले कक्षा ११ को अध्ययनका लागि विद्यालयले शत प्रतिसत छात्रवृत्ति प्रदान गरेको छ । त्यस मध्ये सुमनले परिक्षामा ए प्लस ग्रेड हासिस गरेका थिए । उनलाई विद्यालयले नगद ५ हजारका साथ सम्मान गरेको छ ।

यसरी नगद ५ हजार पाउनेमा सन्दिप पुर्जा पनि रहेका छन उनले पनि ए प्लस ल्याएका थिए भने विद्यालयका पूर्व विद्यार्थी ममता पुर्जालाई पनि विद्यालयले नगद ५ हजार सहित सम्मान गरेको छ । ६५ प्रतिशत छात्रवृत्ती प्राप्त गर्ने अन्य विद्यार्थीमा मिलन घर्ती, कृष्ण फगामी र ४० प्रतिशत छात्रवृत्ती पाउनेमा म्याक पुर्जा रहेका छन । त्यसै गरि ३५ प्रतिशत छात्रवृत्ती पाउनेमा स्मृती पुर्जा, अनुग्रह थापा, नमिता गुरुङ्ग, फत्त वहादुर गुरुङ्ग, रितु पुन र श्याम कुमार चौधरी रहेका छन ।

उनीहरुलाई कसमस समुहका अध्यक्ष तेज गुरुङ्ग, विद्यालयका अध्यक्ष चिजकाजी गुरुङ्ग र प्राचार्य सइन्द्र श्रेष्ठले सम्मान गरेका थिए । पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपुर्ण मावीमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र व्यवस्थापन सम्वन्धी अध्यापन हुँदै आएको छ भने उक्त विद्यालयमा ६ सय ५० विद्यार्थी अध्ययनरत छन । विद्यालय कसमस समुह द्वारा संचलित छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button