नेपाली काँग्रेस कास्कीद्वारा पहिरो प्रभावितलाई राहत दिन ध्यानाकर्षण

पोखरा न्युज –

नेपाली काँग्रेस कास्कीले कास्कीका विभिन्न स्थानमा बाढि पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

कास्की काँग्रेसको आइतबार बसेको विशेष बैठकले बाढिपहिरोका कारण मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ।
पहिरोमा परी मृत्यू भएकाको आत्माको चिरशान्तिको कामना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बैठकले प्रभावितलाई उचित राहत, व्यवस्थापन र घाइतेको उचित उपचार गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ जिल्ला सदस्य नवीन सिग्देलले भने– ‘बाढिपहिरोको कारण क्षति हुन सक्ने सम्भावित क्षेत्रको अध्ययन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउँन समेत ध्यानाकर्षण गरेको छ।’

बैठकले पोखरा लेखनाथ महानगरपालिका वडा न. १२ स्थित माटेपानी गुम्बाको संरक्षणमा ध्यान प्रशासनको ध्यानाकर्षण गराएको छ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button