जलवायु परिवर्तनको मुख्य कारण शहरीकरण र औधोगिककरण

पोखरा न्युज – 

जलवायु परिवर्तनको मुख्य कारण शहरीकरण र औधोगिककरण भएको एक तथ्याङकले जनाएको छ । राष्ट्रिय जलवायु परिवर्तनको असर सर्वे २०१६ को तथ्याङक सोमबार पोखरामा सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराईएको हो ।

केन्द्रीय तथ्याङक विभाग वातवरण शाखाका निर्देशक शुसिल कुमार शर्माले देशमा गरिएको सर्वेक्षणबाट जलवायु परिवर्तनको मुख्य कारण शहरीकरण र औधोगिककरण भएको जनताहरु गरिएको सर्वेक्षणबाट यस्तो प्रतिकृया आएको बताएका हुन । उनका अनुसार ४५ बर्ष उमेर पुगेका २५ बर्ष देखि एकै ठाँउमा बसेका व्यत्तिहरुलाई जलवायु परिवर्तन हुनुको मुख्य कारणको बिषयमा सोधिएको प्रश्नमा ५५ प्रतिशत उच्च बर्गले शहरीकरण र १५ प्रतिशत निम्म बर्गले यस्तो धारण राखेको हुन । त्यसै गरी जलवायु परिवर्तको अर्को कारण औधोगिकक्षेत्र भन्नेहरु उच्च बर्गका ३५ र तल्लो बर्गका १९ प्रतिशतले यस्तो प्रतिकृया दिएको निर्देशक शर्माले बताए । त्यसै गरी अन्य जलवायु परिवर्तनका कारकको रुपमा वनविनाश, मानवीय दोहन, भूकम्प, भगवानको ईच्छा लगायतका रहेको शर्माले जनाए ।

७५ जिल्ला मध्य २६ जिल्लाका ५ हजार ६० घर धुरीका व्यक्तिहरुलाई उक्त सर्वेमा सहभागि गराएको केन्द्रीय तथ्याङक विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताए । उनका अनुसार विकसित देशहरुले बढी जलवायु परिवर्तन गराउन भुमिका खेलेको बताउदै त्यसको प्रत्यक्ष असर गरिब तथा विपन्न देशहरुले भोग्नु परेको छ । जलवायु परिवर्तनले गर्दा मानिस, जिव जन्तु, वनस्पति, हावापानी लगायतको क्षेत्रमा असर पर्ने भएको निर्देशक लामिछानेले बताए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकालले संघिय प्रदेशको लागि हालै आएको यस तथ्याङकले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न उक्त तथ्याङक एक कोषेढुंगा सावित हुने बताए । वन विज्ञान क्याम्पस पोखराका प्रमुख दील बहादुर खनालले गहन र राम्रोसंग जलवायु पविरर्तनको अध्ययन आवश्यक भएको बताए । तथ्याङक अधिकृत तुल्सी प्रसाद पौडेलले यस तथ्याङकले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरे । यसै बिच, कास्कीमा प्लास्टिक झोला र प्लाष्टिक ग्यास प्रतिवन्ध गरिए पनि सोमबार सरकारी कार्यक्रममा प्लाष्टिकका ग्लासमा चिया वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button