शिक्षासेवी डा. एलियामा जोन सम्मानित

पोखरा न्युज –

हङकङ व्यूटि इन्स्टिच्यूट तथा व्युटि कलेजको बार्षिकोत्सव

शिक्षासेवी डा.एलियामा जोन सम्मानित भएकी छन । पोखरा महेन्द्रपुलमा रहेको हङकङ व्यूटि इन्स्टिच्यूट प्रालि तथा क्लारा ईन्टरनेश्नल स्पाः एवं व्यूटि कलेजको बार्षिकोत्सवको अवसरमा शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुरयाएको भन्दै कलेजले विहिबार शिक्षासेवी डा. जोनलाई सम्मान गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी, क्लारा ईन्टरनेश्नल एस्थेटिक कलेज मलेसियाका प्रिन्सिपल गेरी लियो, कलेजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सौन्दर्यविद तथा संचारकर्मी मिना गुरुङले लगायतले सम्मानित व्यक्ति शिक्षाविद डा. जोनलाई सम्मानपत्रको साथमा, दोसल्लाह र खादाले सम्मान गरेका हुन । शिक्षाविद जर्ज जोनसंगै पोखरा क्षेत्रको शिक्षाको क्षेत्रमा जोन परिवारले पुराएको योगदानको उच्च मुल्याङकन गर्दै समाजमा रहेका उदाहरणिय तथा समाजसेवि व्यक्तिलाई सम्मान गर्ने अभियान अन्र्तगत शिक्षाविद जोनबाट सुरु गरिएको कलेजका सिईओ गुरुङले बताईन । सम्मानित व्यक्ति शिक्षाविद डा.जोनले आफुहरु पोखरामा आएसंगै यहाँको शिक्षा क्षेत्रमा क्रमिक सुधार हुदै आएको बताउदै उक्त सम्मानले आफु जस्ता महिलाहरुको सम्मान भएको प्रतिकृया दिईन ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर जिसीले सौन्दय पेशालाई अझ व्यावसायिक बनाउन विश्व बिद्यालय नै आवश्यक भएको बताए । उनले भने “समयको माग अनुसार सौन्दय पेशालाई अझ व्यबस्थित पर्दै विश्व विश्वबिद्यालयको रुपमा नेपालमा विकास गर्न आवश्यक छ, यसमा सौन्दयकर्मीहरु लागेमा आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ । ” जिफन्ट राष्ट्रिय कमिटि सदस्य चन्द्र बहादुर पुनले सौन्दय पेशालाई व्यवसायिक वनाउन देशका धेरै ठाँउमा अन्तराष्ट्रिय स्तरका कलेजको आवश्यक भएको बताए । नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महिला ससक्तिकरणको अभियान्ता मिना गुरुङले समाजका धेरै महिलाहरुलाई सौन्दय पेशामा आवद्ध गराउदै उनीहरुलाई उद्यमी वनाउन सफल भएको बताए । नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले व्युटि कलेजले सौन्दर्यको क्षेत्रमा मात्र नभई समाजका धेरै क्षेत्रमा आफ्नो सामाजिक उत्तरदाहित्व वोध गर्न सफल भएको बताए । क्लारा ईन्टरनेश्नल एस्थेटिक कलेज मलेसियाका प्रिन्सिपल गेरी लियोले क्लाराको कोर्ष अन्तराष्ट्रिय स्तरकै भएकोले सहुलियत दरमा उक्त कोर्ष पोखराबाट गर्न सकिने बताए ।

तमु पर्यटन व्यवसायि संघका अध्यक्ष ववरसिंह गुरुङले महिला ससत्तिकरण गर्दै स्वरोजगार महिला उत्पादनमा मिना गुरुङ र ईन्स्टिच्यूटको महत्वपुर्ण भुमिका रहेको दाबी गरे । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका महासचिव सुमन गुरुङले पोखरामा छरियर रहेका सौन्दर्यकर्मीहरुलाई मिनाले एकिकृत गर्न सफल भएको बताउदै व्युटि कलेज स्थापनाले धेरैलाई स्वरोजगार सृजना भएको बताईन । पत्रकार दीननाथ बरालले वर्तमान अबस्थामा सौन्दर्य पेशाको महत्व बढ्दै गएकोले यसलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए ।

इन्स्टिच्यूट स्थापनाको ३१ बर्षगाँठ तथा क्लारा ईन्टरनेश्नल स्पाः एवं व्यूटि कलेजको स्थापनाको दोश्रो बर्षको अवसरमा केक समेत काटिएको थियो । उक्त अवसरमा क्लारा व्यटि थेरापिष्ट परिक्षा उर्तिण गरेका २३ जनालाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । संस्थाका ४ जना कर्मचारीलाई उक्त अवसरमा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा अस्मिता गन्धर्व, अस्मिता गुरुङ, ईच्छा घोताने र दीपा थापा रहेका छन । सिईओ मिना गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको प्रवन्ध निर्देशक प्रजित गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button