चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक खुल्यो

पोखरा न्युज –

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बत्को कोरला नाका उपल्लो मुस्ताङसम्मको ३४५ किलोमिटर दुरीको ट्याक खुलेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रयाक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । निर्माण कार्यदलका सहायक रथी उद्धव विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्नसक्ने बनाइएको जानकारी दिनुभयो ।

बागलुङ खण्डमा मात्रै करिब रु ५६ करोड खर्च भएको उहाँले बताउनुभयो । करिडोरको ट्रयाक खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टराईले बताउनुभयो ।

‘दुई देशलाई जोड्ने छोटो सडक निर्माण भएको छ,’ भट्टराईले भन्नुभयो,’ “निकै जोखिम मोलेर ठूला भिर–पहरालाई फोर्दै ट्रयाक खोल्यौं। ”

असार मसान्तसम्म ट्रयाक खोल्ने प्रतिबद्धता जनाएको सेनाले एक साताअघि बिहीबार नै ट्रयाक खोलेको जनाएको छ । नेपाली सेनाको निर्माण कार्यदलकाअनुसार बागलुङ जिल्लाका चारवटा करिडोर क्षेत्रका खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने छ ।

करिडोरको ट्रयाक खुलेसँगै अब भारतीय पर्यटक कालीगण्डकी नदीको किनारैकिनार भएर हिन्दू र बौद्धधर्मावलम्बीको प्रशिद्ध तीर्थस्थल मुक्तिनाथ जान र चीनका बौद्धधर्मावलम्बी पनि सोही मार्ग हुँदै लुम्बिनी पुग्नसक्नेछन् । यो करिडोरले नेपाल, भारत र चीनको त्रिदेशीय व्यापार अभिवृद्धि गर्न सघाउ पुरयाउनुका साथै भारत र चीनबीच ‘कनेक्टिभिटी’को काम गर्ने स्थानीय सरकोकारवालाले बताएका छन् ।

करिडोरमा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दीलगायत प्रसिद्ध मठ–मन्दिर रहेकाले धार्मिकरुपमा पनि महत्वपूर्ण रहेको छ ।

करिडोरको नवलपरासीदेखि बागलुङको मालढुङ्गासम्म २८ मोटरेवल पुल बनाउनुपर्ने कालीगण्डकी करिडोरको आयोजना कार्यालयले जनाएको छ । ट्रयाक खोलेपछि आगामी वर्षबाट कालोपत्रे सुरु गर्ने तयारी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button