आजदेखि नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द

पोखरा न्युज –

पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ ।

व्यवस्थापिका–संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमन रोकिएको सूचनामा उल्लेख छ ।

आयोजनाले नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारीसाधनलाई दासढुङ्गाको बासखोला पुलमा र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेदेखि रोक लगाएको छ । बिहान ४ बजे बाटो खुल्ला हुनेछ ।

त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिने छ । बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिने सूचनामा जनाइएको छ । काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिने भएको छ । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिने सूचनामा जनाइएको छ ।

विस्तारको कार्य भइरहेको उक्त सडकखण्डमा रातिको समयमा सम्भव भएका निर्माणका कार्य गर्ने जनाइएको छ । त्यसैगरी सडक विस्तारका क्रममा परेका विद्युत् पोल, खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button