पोखरामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

पोखरा न्युज –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा लेखनाथ महानगरपालिका वडा न १५ मा वडा कार्यलयका नवनिर्वाचित जनप्रतिनिधिहरुको आयोजनामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडामा क्रियाशिल टोल विकास सस्था, आमा समूह, युवा क्लव, सशस्त्र प्रहरी बल, वडा प्रहरी कार्यलय रामबजार, रेन्बो एकेडेमी, हर्वड एकेडेमी, पोखरा रोल्पाली सम्पर्क समाज आदिको सक्रिय सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रम वडा भरी प्रभावकारी तरिकाले सम्पन्न गरी सिङ्गो वडामा एकै पटक सरसफाइ भएको सन्देस प्रदान गरिएको छ वडा अध्यक्ष प्रकाश पौडेलले बताए ।

उक्त सरसफाइ कार्यक्रम वडा सदस्य तोरन बहादुर बानियाँको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा सरसफाइ कार्यक्रमलाई हरेक टोलमा नियमितता दिएर अनुगमन र मुल्यांकन गरी पुरस्कृत गरिने वडा अध्यक्ष प्रकाश पौडेलले घोषणा गरेका थिए ।

साथै उक्त अवसरमा वडामा सामाजिक काम सक्रिय र गतिशिल युवाहरुलाई समेत सम्मान गरिने बताउनु भयो । कार्यक्रममा माछापुच्छ्रे मार्गको करिब १ किलोमिटर लामो सडकखण्डमा दोहोरो नाली सरसफाइ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button