नेपालको विकास प्रयासमा सघाउने नर्वेको प्रतिबद्धता

पोखरा न्युज –

नर्वेले नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नर्वेका राजदूत चेल तोरमोड पिटर्सेनले सभामुख ओनसरी घर्तीसँग आज गरेको शिष्टाचार भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेपालमा लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयनका क्रममा दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचन, नेपाल–नर्वे पारस्परिक सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आफूहरूबीच विचारविमर्श भएको राजदूत पिटर्सेनले बताउनुभयो ।

नेपाल क्रमशः राजनीतिक स्थायित्वतर्फ उन्मुख हुँदै गएको, लोकतन्त्रका उपलब्धि संस्थागत हुँदै गएको तथा नेपाल आर्थिक समृद्धिसँगै सामाजिक न्याय सुनिश्चित गर्न क्रियाशील रहेको जानकारी आफूलाई सभामुखले दिनुभएको उहाँले बताउनुभयो ।

नेपाल र नर्वेबीच संसदीय प्रतिनिधिको आदानप्रदानबारे पनि आफूहरूबीच छलफल भएको भन्दै राजदूत पिटर्सेनले आगामी सेप्टेम्बरमा नर्वेमा हुने संसदीय निर्वाचनमा नेपाली राजनीतिक प्रतिनिधिमण्डललाई आमन्त्रण गर्न चाहेको जानकारी पनि सभामुखलाई आफूले दिएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button