शिक्षाविद कोईराला श्रीपति गुठीबाट सम्मानित हुने

पोखरा न्युज –

शिक्षाविद टिकाराम कोईराला श्रीपति कोइराला गुठीबाट सम्मानित हुने भएका छन । २ सय १० औं श्रीपति कोइराला गुठी जयन्ती तथा सम्मान र छात्रबृति वितरण समारोह कार्यक्रमको अवसरमा मंगलबार शिक्षाविद कोईराललाई सम्मान गरिने भएको गुठीका सचिव फडिन्द्रराज कोईरालाले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कोइराला वन्दुका जिज्यूले स्थापना गरेको उक्त गुठीको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने भएको हो । उक्त अवसरमा विभिन्न क्याम्पस तथा बिद्यालयमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई सम्मान तथा छात्रबृति दिने भएको छ ।

पोखरा विश्वबिद्यालयबाट २०७३ मा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने कमल पौडेल, वन बिज्ञान अध्ययन संस्थानबाट उत्कृष्ट नतिजा ल्याउने अनिषा अर्याल, ईन्जिनियर अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसबाट विनोद श्रेष्ठ, विन्ध्यवासिनी संस्कृत विद्यापिठ (क्याम्पस) बाट सुन्दर पौडेल सम्मानित हुने भएका छन । त्यसै गरी चिकित्सा शास्त्र अध्ययन संस्थान पोखराबाट लक्ष्मी दाहाल, पृथ्बीनारायण क्याम्पस शिक्षा संकाय तर्फबाट हरी माया शर्मा, विज्ञान संकायतर्फ भेषराज देवकोटा, मानविकी संकायतर्फ तुलसी प्रसाद पौडेल, व्याबस्थापन संकायतर्फ सुनिल कोइरालालाई सम्मान गरिने भएको सचिव कोईरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button