नेपालद्वारा बङ्गलादेश १- ० गोल अन्तरले पराजित

 

पोखरा न्युज –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तेइस वर्षमुनि (यु–२३) को मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेल मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ औँ मिनेटमा अन्जन विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

संयुक्त अरब इमिरेट्स (युएइ) मा आगामी शनिबारदेखि हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button